लक्ष्मीपुर पतारीमा फोरमको अग्रता, एमालेको मत ३ गुणा कम
प्रकाशित २०७४ असोज ३ मंगलबार
492
Shares
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरमले अग्रता हाँसिल गरेको छ । सोमबार भएको निर्वाचनमा मध्यरातदेखि मतगणना सुरु भएको थियो ।
विहान ३ बजेको पछिल्लो तथ्यांक अनुसार कूल ६१ मत गनेर सकिएको छ । जसमा सबैभन्दा धेरै ल्याउने फोरमले प्रमुख र उपप्रमुख दुुबै पदमा समान २६÷२६ मत ल्याएको छ । त्यस्तै, काँग्रेसको समान १३÷१३ मत र माओवादीको पनि समान १२÷१२ मत आएको छ ।
तर एमालेको भने अध्यक्षमा ९ र उपाध्यक्षमा १० मत आएको छ । एमालेले अध्यक्षमा पाएको ९ मत फोरमको २६ भन्दा करिब ३ गुणा कम हो ।