सिराहा अपडेट : कुन् कुन् स्थानीय तहमा सुरु भयो मतगणना ?
प्रकाशित २०७४ असोज ३ मंगलबार
202
Shares
काठमाडौं । सिराहाका लहान नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिका लगायतका नगरपालिकाहरुमा मतगणना सुरु भएको निर्वाचन अधिकारीहरुले जनाएका छन् ।
त्यस्तै कर्जन्हवा गाउँपालिका, कल्याणपुर गाँउपालिका, औरही गाउपालिकामा मतगणना सुरु भइ सकेको छ । त्यस्तै अर्नमा गाउँपालिका, नवराजपुर गाँउपालिका र भगवानपुर गाँउपालिकामा समेत मतगणना सुरु भइसकेको मतदान अधिकृतहरुले जनाएका छन् ।
तेस्रो चरणमा भएको स्थानीयहको निर्वाचनको विष्णुपुर गाउँपालिका र सुखिपुर गाँउपालिकामा समेत मतगणना सुरु भइसकेको छ।