arrow

कल्याणपुर र गोलबजारमा १२ बजे, कर्जन्हामा १ बजेदेखि मतगणना

logo
प्रकाशित २०७४ असोज २ सोमबार
siraha.png

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मतगणना हुने क्रम सुरु भएको छ । सम्बन्धित निर्वाचन अधिकारीहरुका अनुसार सोमबार रातीदेखि नै निर्वाचनको मतगणना कार्य सुरु हुने भएको छ । 

सप्तरीको कल्याणपुर नगरपालिका निर्वाचन अधिकारी दीर्घराज उपाध्यायले १२ बजेदेखि निर्वाचनको मत गणना सुरु हुने बताए । उनका अनुसार सर्वदलीय बैठक सम्पन्न भईसकेकोले अब १२ बजेदेखि निर्वाचन हुने निश्चित भएको हो । 

त्यस्तै, कर्जन्हा नगरपालिकामा एक बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकारी सुवर्णमान बनेपालीले जानकारी दिए । गोलबमारमा पनि १२ बजेदेखि नै मत गणना सुरु गर्ने तयारी भईरहेको निर्वाचन अधिकारी केशव प्रसाद पन्तले जानकारी दिए ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ