arrow

मौन अवधिमा राजपाका नेता कर्ण र उम्मेदवार परे स्पष्टीकरणमा

logo
प्रकाशित २०७४ असोज १ आइतबार
Laxman-Lal-Karna-hindi.jpg.jpeg

काठमाडौँ । निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन प्रचार गरेकोमा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्ण र यही दलका जगरनाथपुर गाउँपालिका–६ का वडाध्यक्ष पदका उम्मेवार धुरन्दर साहसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यी दुईले १५० नेता कार्यकर्तासहित पर्साको जगरनाथपुरमा मत माग्दै हिँडेको आयोगमा सूचना प्राप्त भएपछि २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

आयोगले यसअघि पनि उम्मेदवार र राजनीतिक दलका नेता तथा मन्त्रीहरुलाई स्पष्टीकरण सोधेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ