जनकपुर । जनकपुर उपमहानगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार मनोज साह र उपमेयरका उम्मेदवार निलम कर्णका साथै २५ वटै वडाका अध्यक्ष र सदस्यका उम्मेदवारहरु अहिलेसम्म चुनावी प्रतिस्पर्धामा अग्रस्थानमा रहेको स्थानीय मतदाताले बताएका छन् ।
स्थानीय मतदाताका अनुसार यो उपमहानगरपालिकामा नेपाली कांग्रेसको विकल्प छैन । विगतमा सँधै नेपाली कांग्रेसको गढका रुपमा परिचित यो उपमहानगरपालिकाले यसपटक पनि आप्नो यो परिचय कायम गर्नेछ । उनीहरुका स्पष्ट धारणा छ, विगतमा सम्पन्न सबैजसो स्थानीय निकायको निर्वाचनमा कांग्रेसले आफ्नो साखको रक्षा गरेको छ । एक मतदाता गणिका भन्छिन्, कहाँसम्म भने विगतमा कांग्रेसको विद्रोही उम्मेदवार हुँदाहुँदै पनि यहाँ कांग्रेससमर्थकले नै विजय हात पारेको इतिहास छ । उनको धारणा छ, यसपटक त कांग्रेसका कोही विद्रोही पनि छैनन्, यस आधारमा यस उपमहानगरपालिकामा मेयर र उपमेयरलगायत सबै स्थानमा कांग्रेसको जित सुनिश्चित छ ।
मतदाताको धारणा छ, कांग्रेसका उम्मेदवारहरुले यहाँ स्थानीय मुद्दा उठान गरेका छन् यस कारण पनि कांग्रेसको अवस्था न्तोषजनक हुन सकेको हो । कांग्रेसका उम्मेदवारले यहाँ धार्मिक पर्यटन, विश्वविद्यालयको स्थापना, प्रत्येक वडामा सडक सञ्जाल, पोखरी पर्यटन, प्रदेश नम्बर दुईको राजधानी जनकपुर, आधुनिक स्वास्थ्योपचारको सञ्जाल, स्वच्छ, सफा र हराभरा शहर, नगरवासीलाई रोजगारी, पारदर्शी, उत्तरदायी र विकासमुखी सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन, रेल्वेको विकासजस्ता स्थानीय माटो पानीसँग जोडिएका मुद्दाहरु उठान गरेको छ ।
स्थानीय मतदाताका अनुसार कांग्रेसले जस्तो स्थानीय समस्याको समधान र विकासका मुद्दालाई सम्बोधन गर्ने खाले मुद्दा कुनै पनि उम्मेदवारले उठान गर्न सकेका छैनन् । उनीहरु भन्छन्, यस कारण पनि यस उपमहानगरपालिकामा कांग्रेसको विकल्प छैन ।