arrow

काँग्रेसलाई मत नदिए पच्चीस बर्ष पछाडि पर्छौ : प्रदीप गिरि

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
Nepali-Congress-leader-Pradip-Giri.jpg

सिरहा । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले नेपाली कांग्रेसलाई स्थानीयदेखि संघीय चुनावमा मतदान नगरे २५ बर्ष पछाडि परिने बताएका छन् ।  सिरहा नगरपालिकाको चुनावी सभामा नेता गिरिले यस्तो बताएका हुन् । ओली राष्ट्रवादलाई निरुत्साह गर्न र देशका सबै नागरिकको मन छुने अवधारणा लिएर काँग्रेस अगाडि बढेको प्रष्ट पार्दै उनले भने, ‘यस पल्ट काँग्रेसलाई मतदान गर्न हामी चुक्यौ भने पच्चिस वर्ष झुल्नुपर्छ त्यसैले काँग्रेसलाई बहुमतको सरकार बनाउने जनमत स्थानीयदेखि केन्द्रसम्म दिनुस देशको चौतर्फी विकास निश्चय छ ।’

नेता गिरिले नेकपा एमाले अध्यक्ष ओलीप्रति संकेत गर्दै भने “मधेश जलिरहेको थियो । त्यसबेलाका एमाले नेताहरुको अभिव्यक्ति संझनूस त ।” उनले अधिकारवादी आन्दोलन चलिरहेको बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनकारीलाई लक्षित गर्दै भनेको कुरा उद्धरण गर्दै भने, ‘ए, समथर चाहिएको छ, बिहार गए हुन्छ । संविधान संशोधन चाहिएयो भने लखनउ गए हुन्छ रुखबाट दुई-चार आँप झर्दैमा केही फरक नपर्ने  अभिव्यक्ति दिने पार्टीबाट देश र जनता कसरी सुरक्षित हुन सक्छन र ’ । उनले काँग्रेस उत्तेजक र मनस्थिति भड्काउने कुरा नगरेर सबैलाई मिलाएर अगाडि बढ्ने पार्टी भएको बताए ।  

दसगजाको भुमीमा हिन्दुस्तान क्षेत्रबाट केही भयो भने मधेशी र उत्तरी सिमा चीनतिरबाट कुनै बितण्डा भयो भने हिमालीले खबरदारी गर्ने यथार्थ औल्याउदै भने, ‘देशका लागि रक्षाकवचको रुपमा रहेका मधेशीलाई दोश्रो दर्जाको नागरिक भन्नु र हिमाली भेगमा अर्को नारा दिनु उचित छैन् ।’ उनले दोधारे कुरा गरेर देशका जनताले शान्तिको साटो सास्ती मात्र पाउने बताए  ।

नेता गिरिले काँग्रेस कसैसँग निहुँ नखोजि सबैलाई मिलाएर देश चलाउन अग्रसर रहेको बताउदै उनले भने, ‘आर्थिक र आधुनिक दृष्टिले अगाडि बढिरहेका चीन र भारतसँग निहुँ खोजेर देशलाई फाइदा छैन् । पाएको सहयोगलाई सदुपयोग गर्दै आफ्नो खुट्टामा उभिने प्रयास गर्नुपर्छ ।’ उनले कहिले भारत त कहिले मधेशीलाई गाली गर्दै आफुलाई राष्ट्रवादी प्रदर्शित गर्ने ओली प्रवृत्ति देशका लागि राम्रो नभएको बताए ।

“आफ्नै देशका नागरिकमाथि जबरजस्ती शंका गर्नु, गिज्याउनु र बिहारी भन्नु कस्तो राष्ट्रवाद हो ?” उनले भने,‘यस्तो दोधारे राष्ट्रवाद काँग्रेसको सामु चल्दैन । काँग्रेस हिमाली, पहाडी र मधेशी सबैलाई मिलाएर चल्न चाहन्छ ।’  उनले राष्ट्रियता कसैको विर्ता नभएको प्रष्ट पार्दै भने,‘कसैले भन्दैमा मधेशी बिहारी र दोश्रो दर्जाको नागरिक बन्दैन् । छैन् पनि । गर्वसँग आफु मधेशी छु भन्नुस।’ देशलाई बनाउन जिम्मेवारी जति खोटाङ्गबासीको छ उत्तिकै सिरहाबासीको पनि । काँग्रेसको दृष्टिमा सबै भेगका नागरिक समान हो । समान व्यवहार गरेर अगाडि बढिरहेका छन् ।


मधेशका क्षेत्रीय पार्टीलाई संकेत गर्दै उनले भने, ‘स्थापना दिवस पनि मनाउन नपाउँदै टुक्रा हुने पार्टी जनताको हितमा काम गर्छु भन्नु सपना मात्र हुनेछ ।’ उनले एक नम्बरको पार्टी मात्र हैन बहुमतको पार्टी काँग्रेसलाई बनाउन आग्रह गर्दै भने ,“२००७ सालको क्रान्ति, २०६२-०६३ को जनआन्दोलनसँगै देशमा परिवर्तनकारी अन्य आन्दोनलन नेतृत्व काँग्रेसले गरेको छ ।देश कठिन मोडमा रहेको हुँदा अहिले पनि काँग्रेसको आवश्यकता रहेको छ ।”

उनले माओवादीले काँग्रेसको साथ र सहयोग विना कुनै काम गर्न नसक्ने ठोकुवा गर्दै एमालेको शब्दजालको भ्रममा नपर्न  आग्रह गरे। उनले एमालेको विरोधले संविधान संशोधन नभएको बताउदै भने, ‘गुर (सख्खर) दिन नसक्नेले गुर जस्तो मिठो बोली पनि बोल्नुपर्थ्यो । त्यो पनि नगरेर मधेशीको अपमान हुने गरी ओलीले उखान टुक्का मात्र राखी रहनुभयो ।’ मधेशको सवालमा काँग्रेसका मधेश भेगका नेताहरुले आवाज उठाएको प्रसंग उठाउदै उनले भने  ‘ मैले पनि संसद बहिस्कार गरे । मधेशको माग पुरा नभए यो संविधान नचल्न पनि सक्छ, भन्ने मेरो जिकिर थियो । ”

काँग्रेसले पूर्ण बहुमत पायो भाषा, संस्कृतिक र नागरिकता लगायतका सबै खाले माग काँग्रेसले पूरा गर्ने बताउदै अहिले पनि मधेशका मुद्दामा केही काम भएको तर अझ धेरै गर्न बाँकी रहेको छ ।

स्थानीय तहसँगै प्रदेश र केन्द्रको निर्वाचनमा बहुमत प्राप्त गरेर जनअपेक्षा अनुसार विकास, शान्ति र व्यवस्थापन देशमा ल्याउने सोचका साथ काँग्रेस अगाडि बढिरहेको बताउदै नेता गिरिले देशमा हरेक परिवर्तनकारी अवस्थाको नेतृत्व काँग्रेसले गरेको इतिहास साक्षी रहेको र यस पल्ट पनि काँग्रेसले नयाँ मोडको चुनौतीलाई सामना गर्दै हिमाली, पहाडी र मधेशी उत्पीडनमा परेका सबैको अधिकारका लागि तयार रहेको हुँदा निर्धकताका साथ काँग्रेसमा मतदान गर्न सबैसँग आग्रह गरे।

उनले माओवादीसँग चुनावी तालमेल भएको तर सिरहा नगरपालिका काँग्रेसको भागमा परेको हुँदा पार्टीका उम्मेदवार डा.सुभाषचन्द्र यादवसहित सम्पूर्ण सदस्यलाई मतदान गरेर स्थानीय सरकारको नेतृत्व दिन मतदातासँग  अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ