काठमाडौं । प्रदेश नम्बर २ मा जिल्ला ८ । तह १३६ । अनि नेपाली काँग्रेसको भागमा १०० तह । अर्थात् तह जितमा सेन्चुरी बनाउन काँग्रेसका शीर्ष नेताहरु मधेश झरेका छन् । काँग्रेसका नेताहरुले यसपटक गरेको मेहनत देख्दा लाग्छ काँग्रेसले सेन्चुरी नै लगाउँछ ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा उछिनेको पार्टी नेकपा एमालेलाई १०–१५ तहमै अलआउट गर्छ । बँचेका तह मधेशमा पकड रहेको राष्ट्रिय जनता पार्टी राजपा नेपाल, नेकपा माओवादी केन्द्र, उपेन्द्र यादवको संघीय फोरम, विजयकुमार गच्छदारको पार्टी, डा बाबुराम भट्टराईको पार्टी, राप्रपा, राप्रपा प्रजातान्त्रिक लगायतका दललाई छाडिदिने काँग्रैसको योजना छ ।
जसरी काँग्रेस नेताहरुले मेहनत गरेका छन् त्यसरी नै हुने हो भने र लक्ष्य प्राप्ति हुने हो भने काँग्रेसले फेरि आफ्नो शाख जोगाउँछ । यसो नहोला भन्न सकिन्न । काँग्रेस नेता गगनकुमार थापाले गरेको भाषण सम्बोधनलाई आत्मसात गर्ने हो भने त झन् काँग्रेसले सेन्चुरीबाट पनि उकालो कटाउँछ ।
थापाका अनुसार मधेशमा मधेशबादी दलकै हालत खराव छ । उनीहरुले मधेशका जनतालाई दुःख दिए । तर दुःख अनुसार फल पाएनन् । नेकपा एमालेले मधेशलाई राम्रो नजरले हेर्नै सकेन । संविधान संशोधनमा सबैभन्दा ठूलो तगारो एमाले नै बन्यो ।
थापाका अनुसार मधेशमा माओवादी लोकप्रिय छैन । अन्य दलहरु छाँयाँमा छन् । बचेको एउटै दल काँग्रेस हो । अनि काँग्रेसले नजितेर अर्को पार्टीले जित्छ त ?
हो, यो आधारले काँग्रेस मधेशमा बलियो भएको छ । सत्तामा रहेर पनि काँग्रेसले मधेशका माग पूरा गर्नका लागि संविधान संशोधन प्रस्ताव संसदमा लग्यो । मतदान नै भयो । एमालेले धोका दिएकैले पनि संशोधन हुन सकेन । काँगेसको प्रयासप्रति मधेशका मतदाता खुशी भएको काँग्रेसी नेताहरुको भनाइ छ ।
के छन् त काँग्रेसका जितका आधार ? १, विश्वास– सबैभन्दा ठूलो विश्वास हो । काँग्रेसले मधेशलाई केन्द्रबिन्दूमा राख्यो भने अब त त्यसैले पनि काम गर्छ । मधेशलाई काँग्रेसले कहिल्यै टाढाको देखेन । मधेशका माग संवोधन गर्न आतूर भइराख्यो ।
२, एकता – अहिले काँग्रेसी नेताहरु खुबै मिलेका छन् । काँग्रेसका सबै शीर्ष नेताहरु मधेशमा छन् । एकै मञ्चबाट भाषण गरिरहेका छन् । यसले काँग्रेसलाई एकतामा बाँधेको छ । काँग्रेस एक भए कसैले पनि हराउन सक्दैन । अन्तर्घात नहुने हो भने काँग्रेसको लक्ष्य पूरा हुनेछ । मधेशको माहौल देखेरै काँग्रेसी नेताहरुले भन्न लागेका छन्, ‘यही एकता भएको भए यसअघिका दुवै चुनावमा हाम्रो बहुमत आउँथ्यो ।’
३, विपक्षीको अलमल– जित हारको आधार विपक्षीको खेलमा पनि भर पर्छ । जब विपक्षीको रणनीतिले फेल खान्छ तब उसले राम्रो खेल्न सक्दैन । अहिले सबै विपक्षीको स्थिति राम्रो छैन । त्यही समयलाई काँग्रेसले सदूपयोग गरिरहेको छ ।
४, देउवाको चुनावी तालमेल– प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले अन्य मामलामा काम गर्न चुके होलान् । तर उनको प्राथमिकतामा जहिल्यै चुनाव रह्यो । त्यसैले त दोस्रो चरणपछि तेस्रो चरण सम्भव भयो ।
२०४६ सालपछि अधिकांश समय निर्वाचन हुँदा काँग्रेस सत्तामै हुने गर्छ । देउवा यसका लागि सक्षम देखिएका छन् । उनकै नेतृत्वमा प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन पनि हुनेछ । त्यसका लागिसमेत देउवा तातिसकेका छन् ।
तसर्थ काँग्रेसले असोज २ को मात्र हैन आगामी दुई ठूला निर्वाचनमा पनि काँग्रेसकै वर्चश्व हुनेमा नेताहरु विश्वस्त छन् ।