arrow

काँग्रेस उम्मेदवार झाको घरमा लाखौँको चोरी, महंगो पर्‍यो नाच हेर्न जानु

logo
प्रकाशित २०७४ भदौ ३० शुक्रबार
saptari-district.png

राजविराज । सप्तरीको राजविराज–१ बाट नेपाली काँग्रेसका उम्मेदवार आनन्द झाको घरमा चोरी भएको छ । 

राजविराज नगरपालिका–१, पडरिया निवासी झा सोही वडाका लागि यही असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षका उम्मेदवार हुन् । 

मंगलबार राति जितिया पर्वको अवसरमा घरका सबै सदस्य छिमेकमा भइरहेको नाच हेर्न गएको बेला मौका छोपेर चोरले घरको मुख्य द्वारमा लगाइएका तीनवटा ताला तोडेर चोरी गरेको पीडितले जनाए । 

झाको घरबाट नगद रु एक लाख, १० तोला सुन, एक किलो चाँदी र एउटा एपल मोबाइललगायतका सरसमान चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

यता चोरी गर्ने गिरोहको तीव्ररुपमा खोजी कार्य भइरहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ