arrow

सर्लाही हरिवन नगरपालिकाका काँग्रेस मेयर उमेद्वारको सवारीमा वम विस्फोट

logo
प्रकाशित २०७४ भदौ २९ बिहिबार
congress-flag2.jpg

सर्लाही। नेपाली काँग्रेसबाट सर्लाही हरिवन नगरपालिकाका मेयरका उमेद्वारको सवारी साधनमा वम विस्फोट भएको छ। 

हरिवन नगरपालिका वडा नम्वर १० मा नयाँरोड चोकमा रोकी राखेको सवारी साधनमा वम विस्फोट भएको हो।

काँग्रेसका तर्फबाट हरिवन नगरपालिकाका मेयर उमेद्वार दिलिपराज भण्डारीको प्रचार प्रसारमा प्रयोग भएको सवारी साधनमाथि वम विस्फोट भएको हो। 

भन्सार तिरेर चुनाव प्रचारमा प्योग भइरहेको भारतीय नम्वर प्लेट विआर ०१ पिएफ ६९८७ स्कोर्पियोमा राखिएको वम चालकले सवारी चलाउन लागेकै बेला पड्किएको थियो।

प्रहरी उपरिक्षक आलम खाँले घटनाको बारेमा अनुसन्धान शुरु भएको बताए। उनले दोषीलाई कार्वाहीको दायरामा ल्याइने बताए।

काँग्रेस मेयरका उमेद्वार दिलिपराज भण्डारीले पराजीत मानसिकता भएकाहरुले आफूलाई तर्साउन सवारी साधनमा वम प्रहार गरेपनि जनमत आफ्नो पक्षमा भएकोले आफू असोज २ गते हुने चुनावमा निर्वाचित हुने दावी गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ