देशको विकास र राष्ट्रको निकासका लागि काँग्रेसलाई मत माग्न सिटौलाको कार्यकर्तालाई सुझाव
प्रकाशित २०७४ भदौ २९ बिहिबार
200
Shares
रौतहट। नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले देशको विकास र राष्ट्रले निकास पाउन पनि स्थानिय तहमा काँग्रेसले नै जित्नु पर्ने भएकोले पार्टीलाई जिताउन सक्रियतापूर्वक लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
रौतहटको चन्द्रपुरमा काँग्रेसका कार्यकर्ताहरुसँगको भेटमा नेता सिटौलाले कम्युनिष्ट नेतृत्वले देश चलाउन पाउँदा देशको विकास राष्ट्रले निकास नपाएको स्मरण गराए। हर परिवर्तनको र विकासको नेतृत्वले काँग्रेसले नै गर्दै आएको उल्लेख गर्दै सिटौलाले स्थानिय तहमा पनि काँग्रेसले जीत हासिल गरि नेतृत्व कायम राख्न कार्यकर्ताहरुलाई आग्रह गरे।
स्थानिय तहमा जीतेका साथीहरुलाई काठमाडौंबाटै माला लिएर लगाउन आउन पाइयोस उनले कार्यकर्ताहरुलाई हौस्याए। हर परिवर्तनको नेतृत्व गरेको काँग्रेसले किन जित्नुपर्छ भन्ने बारेमा मतदातालाई अझै बुझाउने समयम भएकोले कार्यकर्ताहरुले विश्राम नलिइ आफ्नो स्थानिय नेतृत्वलाई जिताउन लाग्न सिटौलाले आग्रह गरे । सर्लाहीको विभिन्न कार्यक्रममा सहभागि भइ रौतहट आएका सिटौला बाराको कार्यक्रममा पनि सहभागि हुनेछन्।