arrow

प्रदेशसभा चुनावका लागि आचारसंहिता हेरफेर नहुने

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले मंसिर १० र २१ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भदौ १४ गतेदेखि लागू भएको आचारसंहिता परिमार्जन नहुने जनाएको छ ।

धेरै अगाडिदेखि निर्वाचन आचारसंहिता लगाएका कारण काम गर्न समस्या परेको भन्दै दलका नेता तथा मन्त्रीहरुले गुनासो गरिरहेका छन् । यद्यपि, आयोगले आचारसंहिता परिमार्जन नहुने बताएको छ ।

आयोगमा यस विषयमा पनि छलफल भएको बताउदै आयोगका प्रवक्ता नवराज ढकालले भने– ‘कुनै पनि राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नका लागि आचारसंहिताले छेक्दैन, तर राजनीतिक प्रभाव पार्ने, मतदातालाई अवान्छित ढंगले प्रयोग गर्ने निर्णय गर्न आयोगले रोक लगाएको हो ।’

स्थानीय तहमा कर्मचारी खटाउने, राष्ट्रिय गौरवका आयोजनाको काम अघि बढाउने जस्ता महत्वपूर्ण विषयहरुमा आयोगको स्वीकृती लिएर काम गर्न सकिने प्रवक्ता ढकालले बताएका छन् ।

आयोगले २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा ८६ दिन पहिले, २०७० सालमा भएको दोश्रो संविधानसभा निर्वाचनमा १ सय १७ दिन पहिले, स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ६० दिन पहिले निर्वाचन आचारसंहिता लगाएको थियो । अगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८५ दिन पहिले आचारसंहिता लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ