दल दर्ताको निवेदन फिर्ता लिन चाहनेलाई बिहीबारको समय
प्रकाशित २०७४ भदौ २८ बुधबार
412
Shares
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेशसभा सदस्य निर्वाचनमा समानु्पातिक प्रणालीतर्फ भाग लिने निवेदन पेश गरेका ८८ राजनीतिक दललाई आफ्नो दलको तर्फबाट दल दर्ताको निवेदन फिर्ता लिन चाहेमा फिर्ता लिन सक्ने समय तोकेको छ ।
भदौ २५ गते बसेको आयोगको बैठकले पारित गरेको निर्वाचन कार्यतालिका अनुसार भदौ २९ गते बिहान १० देखि ५ बजेसम्म मंगलबार दर्ता गरेका दलहरुले दर्ता फिर्ता गर्न चाहेको खण्डमा फिर्ता गर्न सकिने समय प्रदान गरेको हो । आयोगले यससम्बन्धी सूचना कान्तिपथस्थित केन्द्रीय कार्यालयमा प्रकाशनसमेत गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।