arrow

सिरहामा फोरम नेतादेखि एमाले कार्यकर्तासम्म काँग्रेसमा प्रवेश

logo
शम्भु कुमार यादव,
प्रकाशित २०७४ भदौ २८ बुधबार
siraha-congress.jpg

सिरहा । स्थानीय तह तेस्रो चरण निर्वाचनको मतदान गर्ने समय नजिकदै गर्दा संघीय समाजवादी फोरम र नेकपा एमालेका विभिन्न गाउँका नेता तथा सयौं कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्न थालेका छन् ।

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि देवनाथ पासमानको पहल र उपस्थितिमा जिल्लाको औरही गाउँपालिका इटाटारमा एमाले र फोरम परित्याग गर्दै तीन दर्जनभन्दा बढि व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेको हो ।
 
प्रवेश गर्नेहरुमा झौली मोची, मो.अली हसन, मो.नथुनी, मो.अजिज, जीवछ मोची, हरिदेव सदा, कोसिला देवी खातुन, गुलजार देवी सदा, कुसुमदेवी सदा लगायत पचास भन्दा बढि व्यक्ति पार्टीमा नेपाली काँग्रेसका युवा नेता एवम् औरही गाउँपालिकाका अध्यक्ष उम्मेदवार सुभाष यादवले बताए ।

फोरम र एमाले परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको उनले जनाएर । फोरम र एमाले व्यक्तिवादी तथा फाँसीवादी पार्टी भएको हुँदा आफुहरु सो पार्टी परित्याग गरेको उनीहरुले बताएका हुन् । उनीहरुले भने,‘ठाउँ अनुसार मौसम परिवर्तन भए जस्तै फोरम र एमालेको कुरा व्यक्ति तथा ठाउँ अनुसार परिवर्तन भइरहेका छन् ।’ फोरम र एमालेको भरमा जनता चल्यो भने स्थानीय विकास तथा जनताले सोचेका शान्ति, अमनचयन सपनाको कुरा मात्र हुने उनीहरुले दाबी गरेका छन् ।

यसैबी सिरहा नगरपालिका वडा नम्बर ५ बडेर्वामा संघिय समाजवादी फोरमबाट चर्चित युवा नेता दिपक गोहिवारसहित सयौँ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विशेश्वर रुद्रवार, अशेश्वर यादव, तपेश्वर रुद्रवार, डोमा भिन्दवार, पाण्डव यादव, रामशिष अगरगरिया, रामसुरेश यादव, दुखाई साह, मोहम्मद नाजिर राइन, अमिर राईन, सुभाष यादव, मनिष यादव, अजित मुखिया, लोचन मुखियालगायत व्यक्तिहरुले काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई काँग्रेस सिरहा नगरका मेयर उम्मेदवार डा.सुभाष चन्द्र यादवले अविर र माला लगाई स्वागत गरेका छन् ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ