औरहीमा परिवर्तनकारी एजेन्डा सहित मतदाताको घर–घरमा उम्मेदवार
शम्भु कुमार यादव,
प्रकाशित २०७४ भदौ २८ बुधबार
261
Shares
सिरहा । चुनावी प्रचार प्रसार तताउदै औरही गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार सुभाष यादव र उपाध्यक्ष पदकी उम्मेदवार जीवछी यादवले मतदाताको घर–घरमा पुग्ने क्रमलाई जोड दिएका छन् । चुनावी प्रचारको क्रममा मतदाताको घरदैलोमा पुग्ने अभियानमा सैकडौं युवा, महिला तथा पार्टीका अन्य नेता कार्यकर्ताहरुको सहभागीता रहने गरेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । औरही र हरकट्टी भ्याइसकेका उनले पिप्रा र इटाटार पुग्ने तयारीमा छन् ।
गाउँपालिकाको मुहार फेर्ने गरी एजेन्डा बनाएको उनले स्थानीय निकायको निर्वाचन दशकौं देखि नभएको र त्यसैबीचमा भएको विभिन्न आन्दोलनले गाउँको विकास चौपट भएको बताए । शिक्षा, स्वास्थ्य, कृषि खेतीमा गिरानी आउनुका साथै प्राकृति प्रकोपबाट भएको नोक्सानीले गर्दा जनता मारमा परेको उनको भनाई छ ।
उनले आधुनिक कृषि खेतीको प्रवर्धन, विपन्न दलितलाई विषेश रुपमा लक्षित गरेर बैज्ञानिक पद्धतिबाट शिक्षा, वडा–वडामा महिलालाई सहज हुने गरी स्वास्थ्य उपचारका उचित प्रबन्ध र पक्की सडक संजालको निर्माणका लागि आफु गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएको भने,‘उम्मेदवारी भन्दा अघि पनि जनताकै बीचमा थिए र जनताकै हितमा काम गरे । कामको दोरानमा भएका त्रुटिलाई ध्यानमा नराखी गाउँको मुहार फेर्ने अभियानमा सहयोग गर्दै काँग्रेसमा मतदान गर्न सम्पूर्ण मतदातासँग आग्रह गर्दछु ।’
व्यक्तिको सुरक्षा र हकाधिकारका निम्ति बनेका कानून कागजी पानामा समित्त रहने गरका कारण ग्रामिण भेगका खासगरी महिलाहरु कष्ट भोग्न बाध्य भइरहेको नेपाली काँग्रस औरही गाउँपालिकाकी उपाध्यक्ष उम्मेदवार जीवछी यादवले बताइन् । बनेका कानून र वर्तमान अवस्थामा साजिक अवस्थालाई अध्ययनको आधारमा बनाउनुपर्ने कानून र कार्यान्वनका लागि आफुले उपाध्यक्षमा उम्मेदवारी दिएको उनको भनाई छ ।
काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका सुभाष थोरै वर्ष पछि ग्रामिण भेगका जनतासँग घुलमिल हुन सफल भयो । ग्रामिण जनताको आवश्यकता अनुसार सुभाषले दर्जनौं कामहरु गरेको स्थानीयहरुले बताएका हुन् । त्यस्तै, दशकौं देखि काँग्रेस पार्टीमा लागेर राजनीतिक गर्दै आएकी जीवछीले महिला आवाजलाई बुल्न गर्दै विभिन्न खाले अभियानहरुमा सरिक हुँदै आएकी छन् । जिल्लामा महिला लक्षित हुने अधिकतर अभियान तथा कार्यक्रमहरु ग्रामिण भेगका महिलाहरुको समस्या र चुनौतीलाई सामाधानका लागि सम्बन्धित निकाय समक्ष आवाज पुग्ने गरी कुराहरु मध्ये जीवछी अग्रनी स्थानमा छन् ।
अर्नमा गाउँपालिकामा काँग्रेसको प्रचार तिव्र
उमेरले बुद्धिलाई छेक्दैन वैज्ञानिक तरिकाले योजनाहरु निर्माण गरेर त्यसको प्रभावकारी कार्यान्वयन गराई गाउँको नक्सा परिवर्तन गर्ने उद्घोषका साथ अर्नमा गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवारी दिएका रामअधिन यादवले मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।
के बृद्ध, के गरिब, के धनी कुनै कुरालाई भेद नमानी सबैलाई समान व्यवहारका साथै रामअधिन मतदाताको घरदैलोमा आफ्ना नेता कार्यकर्ताको साथ लिएर पुग्न थालेका हुन् । उनको साथमा वडा अध्यक्ष, वडा सदस्य र अन्य सैकडौं कार्यकर्ता रह्ने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । पाँच वटै वडाका मतदाताको घर–घरमा परिवर्तनकारी एजेन्डाका साथ पुग्ने उनले बताएको छ ।