arrow

प्रधानमन्त्री देउवा बुधबार जनकपुर र बर्दिबासमा, गगन पनि तराईमै व्यस्त

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
gagan_thapa4.jpg

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधबार धनुषाको जनकपुरधाम र महोत्तरीको बर्दिवासमा हुने चुनावी सभामा सहभागी हुने भएका छन् । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ का विभिन्न ठाँउमा भईरहेका चुनावी सभामा भाग लिने क्रममा देउवा अहिले जनकपुरमा छन् । 

उनले बिहान रामजानकी मन्दीरको दर्शन गर्नुको साथै कार्यकर्ताहरुसंग भेट गर्ने कार्यक्रम छ । उनले दिउसो १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । जनकपुरको संबोधन पछि कांग्रेस पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा आजै अपरान्ह महोत्तरीको बर्दिवास प्रस्थान गर्नुहुनेछ । उनले त्यहाँ आयोजना हुने चुनावी सभालाई संबोधन गर्नुहुने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । 

चुनावी अभियानका क्रममा काँग्रेसले प्रदेश नं २ का आठवटै जिल्लामा आफ्ना उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न कार्यक्रम आयोजना गरेको छ । ती चुनावी सभालाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइराला लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

काँग्रेसका अर्का प्रभावशाली नेता गगनकुमार थापा भने अहिले रौतहटको चन्द्रपुरमा छन् ।  त्यहाँ हुन लागेको सभालाई सम्बोधन गरेपछि उनले रौतहटकै इन्द्रबन नगरपालिको लगायतका ठाँउमा हुने कार्यक्रमलाई सम्बोधन गरेर दिउसो बर्दिबास पुग्नेभएका छन् । काँग्रेसले मंगलबार भदौ २७ गते सप्तरीको राजविराज, कन्चनपर तथा सिरहाको जिरो माइलमा आम सभा गरेको थियो भने भोली सर्लाहीको मलंगवा र रौतहटको गौरमा गर्ने कार्यक्रम रहेको छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ