राजपाबाट गाउँपालिका अध्यक्षका उम्मेदवारका भतिजाको हत्या, माओवादीमाथि आरोप
प्रकाशित २०७४ भदौ २७ मंगलबार
116
Shares
रौतहट । रौतहटको मौलापुर गाउँपालिकामा राष्ट्रिय जनता पार्टीबाट अध्यक्षका १५ वर्षीय भतिजाको हत्या गरिएको छ । मंगलबार प्रमुखका उम्मेदवार रविन्द्र कुमार पटेल (धिरज) का दाई राजेन्द्र पटेलका १५ वर्षीय छोरा बलविर पटेलको हत्या गरिएको राजपाले जनाएको छ । पटेलको सबै परिवार चुनावी प्रचारप्रसारमा लागिरहेको थियो ।
आक्रमणकारीहरुले राजेन्द्र पटेल माथि समेत संघातिक आक्रमण गरेका छन् । यो क्रुर घटनाको राजपा नेपालले घोर भत्र्सना गरेको जनाएको छ । राजपाले यस्तो आक्रमण नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले गरेको आरोप पनि लगाएको छ ।
असोज २ गते हुन गईरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राजपा नेपालका कार्यकर्ताहरु माथि दिनदहाडे भएको संघातिक आक्रमण एवं हत्याको पार्टीलाई कुनै पनि शर्तमा स्वीकार्य नभएको भन्दै राजपाद्वारा जारी विज्ञप्तीमा अविलम्ब यस घटनाको न्यायिक छानविन गरी दोषी उपर कडा भन्दा कडा कारवाही एवं पीडितलाई क्षतिपुर्ति दिन राजपाले सरकारसँग माग गरेको छ ।