रौतहट। स्थानिय तहको निर्वाचनको मिति नजिकिदैं जादा पार्टीहरुले प्रचार प्रसारसंगैं चुनावी तालमेलको कार्यमा तिब्रता दिएको छन् । रौतहटको सबै भन्दा पुरानो तथा सदरमुकाम समेत रहेको गौर नगरपालिकाका लागि नेपाली काँग्रेस र संघिय समाजवादी फोरम नेपालले सोमबार पत्रकार सम्मेलन गरि आफनो चुनावी तालमेल भएको घोषणा गरेका छन् ।
सोमबार संघिय समाजवादी फोरम नेपालका गौर नगरपालिकाका मेयर पदका उम्मेदवार गौरीशंकर प्रसाद यादवको निजि निवासमा गरिएको पत्रकार सम्मेलनमा फोरमबाट मेयर पदका लागि उम्मेदवार भएका गौरी शंकर प्रसाद यादवका लागि र काँग्रेसबाट उपमेयर पदका लागि उम्मेदवार भएका विर बहादुर साहका लागि सामुहिक रुपमा प्रचार प्रसार कार्य गरिने घोषणा समेत गरिएको हो ।
भाद्र २१ गते भएको मनोनयन दर्तामा नेपाली काँग्रेस रौतहटले गौर नगरपालिकाको लागि मेयर पदमा तथा संघिय समाजवादी फोरम नेपालले उपमेयरपदमा भन्ने आफना उम्मेदवारी दर्ता गएका थिएन्न । उम्मेदवारी दर्ता नगराए संगैं तिब्ररुपमा चुनावी तालमेलको अभ्यास थालेका काँग्रेस तथा फोरमले सोमबार गरेको पत्रकार सम्मेलनमा अधिकारिक रुपमा आफुहरुको चुनावी तालमेल भएको फोरमबाट मेयर पदका लागि उम्मेदवार रहेका गौरीशंकर प्रसाद यादव तथा काँग्रेसबाट उपमेयर पदका लागि उम्मेदवार रहेका बीर बहादुर साह तेलीले बताए ।
आफुहरु सदैव जनताको ईच्छा र आकाक्षामा चल्ने भएकाले आफुहरु प्रति मतदाताको झुकाव अत्यधिक रहेका र आफुहरु मतदाताहरुबाट उच्च स्थान पाउने ठोकुवा गरे।
चुनावी तालमेलबारे संचारकर्मीको जिज्ञासामा मेयर तथा उपमेयरका उम्मेदवार द्धयले आफुहरु पार्टी र जनताको इच्छा र आकाक्षा पुरा गर्न तालमेल गरको बताए । काँग्रेस र फोरम नेपालको तालमेल पछि अन्य उम्मेदवारहरुमालाई भने कडा प्रतिषपर्धा गर्नुपर्ने देखिन्छ ।