नेपाल रेडक्रस सोसाईटीले भूकम्प प्रभावितका लागि के गर्यो ?
प्रकाशित २०७४ भदौ २६ सोमबार
437
Shares
काठमाडौं । नेपाल रेडक्रस सोसाईटीले भूकम्प प्रभावित क्षेत्रहरमा गर्दैआएको 'भुकम्प प्रतिकार्य कार्यक्रम' अन्तर्गत जुलाई २०१७ सम्ममा गरेको कामको विवरण सार्वजनिक गरेको छ ।
रेडक्रसले स्वास्थ क्षेत्रमा हाल सम्म ५९ हजार ४ सय ७६ व्यक्तिहरुलाई हेल्थ क्याम्प सञ्चालन गरी स्वास्थलाभ गराएको छ । स्वास्थसेवा प्रदान गर्नको लागी ४ वटा प्रिफ्याव हेल्थपोस्टहरु निर्माण गरेको छ भने ३ वटा पूराना हेल्थ पोस्टहरुलाई पुन स्थपना गरि कार्य अगाडी बढाएको छ ।
भूकम्प प्रभावित क्षेत्रका २हजार १ सय ९३ स्वयंसेवकहरुलाई सामुदायिक स्वास्थ तथा फस्ट एड सम्बन्धि तालिम दिइएको छ । त्यस्तै १६ हजार १ सय ८७ जना आमा र बच्चाहरुलाई जाडोको न्यानो लुगाहरु पनि वितरण गरेको छ भने ३ हजार २ सय ७४ घर परिवारहरुलाई लामखुट्टेबाट बच्नको लागी झूलहरु प्रदान गरेको छ ।
रेडक्रसबाट ८ हजार ४ सय ४६ व्यक्तिहरुले मनोवैज्ञानिक सामाजिक सहयोग प्राप्त गरेका छन । त्यस्तै २९ वटा नगर तथा गाउँपालीकाहरुलाई पूर्ण रुपमा खोप दिने काम सम्पन्न गरेको छ ।
भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत जिविकोपार्जनको क्षेत्र तर्फ ९ हजार ५ सय ९० परिवारलाई आफुनो जिवनयापनको लागी नगद रकम वितरण गरेको छ । ५ खजार ७ सय २१ व्यक्तिहरुलाई जिविकोपार्जन विकासको लागी तालीम उपलव्ध गरएको छ । त्यसैगरि २ सय ६४ परिवारहरुलाई जिविकोपार्जनको लागी सर सामानहरुको सहयोग पनि प्रदान गरेको छ ।
सिंचाई तर्फ १९ वटा नहरहरु निर्माण भइरहेका छन् । रेडक्रसले भूकम्प प्रभावित २० हजार ९ सय २३ परिवारहरुलाई खाना पकाउने उन्नत चुलो प्रदान गरेको छ । साथै ४ हजार ५ सय ८३ व्यक्तिहरुलाई अन्य कार्यको लागी दैनिक ज्यालादारीमा काम लगाएको छ ।
नेपाल रेडक्रस सोसाईटीले आफ्नो सस्थांगत क्षमता विकासको लागी पनि भूकम्प प्रभावित जिल्लहरुमा जिल्ला शाखा तथा सामुदायिक भवनहरु बनाउदैछ भने वित्तिय कर्मचारीहरुलाई तालीम तथा रेडक्रस स्वयंमसेवकहरुलाई सस्थांगत विकासको तालीमहरु पनि प्रदान गरेको छ ।