समृद्धि र सम्भावना बोकेको विरगञ्ज महानगरमा काँग्रेसको नेतृत्व अनिवार्य : पूर्वमन्त्री लेखक
प्रकाशित २०७४ भदौ २४ शनिबार
89
Shares
वीरगञ्ज । पुर्व मन्त्री तथा नेपाली काँग्रेस प्रचार प्रसार उपसमितीका केन्द्रिय सँयोजक रमेश लेखकले समृद्धि र सम्भावना बोकेको विरगञ्ज महानगरपालिकाको लागि नेपालीको काँग्रेसको नेतृत्व अनिवार्य रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन पर्साले शनिबार बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले विरगञ्जको समग्र विकास निर्माण तथा कागजी रुपमा घोषणा भएको महानगरपालिका लाई वास्तविकतामा परिवर्तन गर्न काँग्रेस उम्मेदवार अजय द्धिवेदीको विकल्प नरहेको कुरामा जोड दिंदै पर्साको सम्पुर्ण गाउँपालिका तथा नगरपालिकाहरुमा नेपाली काँग्रेसले नयाँ भिजनका साथ अघि बढ्ने खाका तयार पारेको र सोही अनुरुप स्थानिय निकायहरुको विकास निर्माण पुर्ण रुपमा वैज्ञानिक एवम् आधुनिक तरिकाले बिकाश गर्न नेपाली काग्रेसको उम्मेदवारहरुलाई बिजयी गराउन अपिल गरे।
मधेशको मु्द्दा बोक्ने क्षमता नेपाली काग्रेस बाहेक अरु कुनै पार्टी संग नभएको भन्दै उनले संबिधान संशोधनका लागी सरकारले पेश गरेको संशोधन प्रस्ताव फेल भएपनि संशोधनका लागी फेरी पनि प्रयास गरिने उनले जानकारी दिए ।