arrow

के गर्दैछन् महोत्तरी काँग्रेसका उम्मेदवारहरु ?

logo
प्रकाशित २०७४ भदौ २४ शनिबार
mohattari-congress.jpg

महोत्तरी ।  असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि नेपाली काँग्रेस महोत्तरीका विभिन्न तहका उम्मेदवारहरु घरदैलौ अभियानलाई तिव्रता दिएका छन् । जलेश्वर नगरपालिकाका प्रमुख पदका उम्मेदवार अशोककुमार साह र उपप्रमुख अनितादेवी शर्मा, मटिहानी नगरपालिकाका प्रमुखका उम्मेदवार जयकुमार चौधरी र जुमैदा खातुनसहित सबै तहका उम्मेदवारहरु अहिले घरदैलो अभियानमा लागेको नेपाली काँग्रेसका जिल्ला सचिव शम्भु पाठकले जानकारी दिए ।

जलेश्वर नगरपालिकामा नेकाबाट प्रमुखका उम्मेदवार साह अहिले जलेश्वर नगरपालिकाको वडानं. ५ पर्सापतैलीमा व्यस्त रहेको नेविसंघका निवेश मण्डलले जानकारी दिए । घरदैलो अभियानमा उनिसंगै नेकाका केन्द्रीय सदस्य तथा पूर्व साँसद रामचन्द्र तिवारीसहित कामेश्वर पाण्डेय, बजरंग नेपालीसहित दर्जनौ नेताहरु लागेबका छन् ।

सो अवसरमा नेताहरुले मतदाताहरुलाई नेकाले हरेकक्षण नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको स्मरण गराउदै संविधान संशोधनमा पनि काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको जानकारी गराएका थिए । उनिहरुले यसक्षेत्रको विकासमा नेका सधैं अग्रणी रहेको बताउदै  नेकालाई बहुमतबाट जिताउन मतदाताहरुलाई आग्रह गरेका थिए ।

त्यसैगरी बर्दिबासमा पनि काँग्रेसका उम्मेदवार प्रहलाद क्षेत्री तथा उपप्रमुखका तारादेवी महतो घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ