महासंघले राखेका मागहरुको कार्यान्वयन दशै अघि नै सुरु गर्ने सञ्चारमन्त्रीको प्रतिवद्धता
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
312
Shares
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले पत्रकार महासंघले राखेका मागहरुलाई तीन चरणमा पूरा गरिने बताएका छन् । शुक्रबार पत्रकार महासंघको प्रतिनिधिमण्डलले मन्त्रालयमा नै पुगेर दिएको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री बस्नेतले तीन चरणमध्ये पहिलो चरणको काम दशैं अघि नै बैठक बोलाएर कार्यान्वयनको लागि सुरु गरिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
श्रमजीवी पत्रकारहरुको हक हित सहितका विभिन्न मागहरु सहित महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा गएको प्रतिनिधमण्डलले यी मागहरु सहित आमसञ्चार संग्रहालय तथा इ–लाईब्रेरीको सुरुवात, अपांगता, महिला तथा अल्पसंख्यकहरुले सञ्चालन गरेका सञ्चारमाध्यमहरुलाई विशेष सहुलियत, पत्रकारलाई दिईने भनिएको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट र स्वास्थ्यबीमा लगायतका पूर्व प्रतिवद्धताहरु कार्यान्वयनको माग सहितको ध्यानाकर्षण पत्र पेश गरेको थियो ।