तेस्रो चरणको निर्वाचनमा बाराबाट एमालेको विजयी सुरुवात
प्रकाशित २०७४ भदौ २२ बिहिबार
339
Shares
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । असोज २ मा हुने निर्वाचनकोलागि बुधबार भएको मनोनयनमा एकमात्र उम्मेदवारको उम्मेदवारी परेपछि एमालेका उम्मेदवार विजयी भएका हु्न् । यसरी एमालेले खाताखोलेको बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाका वडा नं २४ बाट हो ।
सो वडामा एमाललेकी महिला वडा दलित सदस्यमा आलमती देववी निर्विरोध निर्वाचित भएकी हुन् । अन्य प्रतिस्पर्धी नभएपछि उनी निर्विरोध विजयी भएकी हुन् ।