माधव नेपाल उत्तर कोरीया गएपछि अमेरिका, जापान र कोरीयाको उच्च निगरानीमा एमाले !
प्रकाशित २०७४ भदौ २२ बिहिबार
590
Shares
काठमाडौं । केही दिन अघि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उत्तरकोरीयाको भ्रमणमा गएर फर्किएपछि उत्तरकोरीयाबाट त्रसित भएर बसेका अमेरिका जापान र दक्षिण कोरीयाले एमालेमाथि उच्च निगरानी बढाएको चर्चा सुरु भएको छ ।
गत साउन २७ गते उत्तर कोरिया सरकारको निम्तोमा एमाले बरिष्ठ नेता नेपाल एक साता लामो उत्तर कोरिया भ्रमणमा भएका थिए । उनको भ्रमण यस्तो समयमा भएको थियो जुनवेला उत्तर कोरिया संसारकै शक्तिशाली अमेरिका र उसका सहयोगी राष्ट्रहरु दक्षिण कोरीया र जापानमाथि आक्रमणको धम्की दिइरहेको थियो । लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्र परिक्षण गरिरहेको थियो । लगत्तै उसले जापानको आकाशमाथी हुँदै जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार गर्यो । लगत्तै उसले केहीदिन अघि हाइड्रोजन वमको पनि परीक्षण गरेको छ ।
नेपाल उत्तरकोरीयाको भ्रमणमा गएर फर्किएपछि नै उनीमाथि नेपालमा समेत धेरै आलोचना भईरहेको छ । नेपाललाई लामो समयदेखि आर्थिक, प्राविधिक र भौतिक रुपमा सहयोग गर्दै आएका अमेरीका जापान र दक्षिण कोरियालाई धम्क्याइरहेको उत्तर कोरियामा एमाले नेता नेपालको भ्रमणले उनी र उनको सिंगो पार्टीमाथि समेत ती मुलुकहरुले उच्च निगरानी बढाएको चर्चा चल्न थालेको हो । दाउद इब्राहमिको लगानी रहेका भनेको कलेजका सञ्चालक बसुरुद्दिन अन्सारीलाई वीरगञ्ज महानगरको मेयर उम्मेदवार बनाएर एमाले पार्टी नै दाउदको पैसामा सञ्चालित पार्टी भएको आरोप लागिरहँदा उत्तर कोरीयाको यो विवादास्पद भ्रमणले अन्तराष्ट्रिय शक्तिकेन्द्रहरु झनै सशंकित बनेका हुन् ।
आफ्ना देश र नागरिकमाथि आतंक मच्चाउन खाज्ने देशलाई समर्थन गर्ने पार्टी र देशलाई अमेरिका जापान र कोरियाले कडा निगरानी गर्दै आएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका नेता नेपालको उत्तर कोरियासँग बढ्दो हिमचिमले एमाले र एमालेका कार्यकर्ताहरु पनि ती देशको निगरानीमा पर्न थालेका छन् । स्वयं पार्टी अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा नेपाल उत्तर कोरिया गएका कारण एमालेकै नीति माथि नै शंका उव्जिएको छ । एमाले अध्यक्ष ओलीलाई पनि यतिखेर ती देशले शंकाको नजरले हेर्न थालेका छन् । उनीहरुको गतिविधिलाई ती देशले विभिन्न च्यानल मार्फत निगरानी गरिरहेको हुन सक्ने कुटनीतिक मामिलाका जानकारहरु बताउँछन्।