arrow

महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता, किन भयो ढिलाई ?

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
Mahottari-hamrakura.jpg.jpeg

गौशाला । स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं २ को महोत्तरी जिल्लामा गएराति ११ बजेसम्म उम्मेदवारी दर्ता भएको छ । 

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जिल्लाको कुल ७२० पदका लागि हजारौंको संख्यामा मतदाताले उम्मेदवारी दर्ता गराएकाले सो कार्य अबेर रातिसम्म भएको बताए । 

उनले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामा भएको उम्मेदवारी दर्ता राति अबेरसम्म चलेको बताए । 

बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम रहेपनि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले दिउँसो ३ बजेपछि मात्रै बढी संख्यामा दर्ताका लागि आएकोमा राति ११ बजेसम्म उम्मेदवारी दर्ताको काम चलेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । 

उनले उम्मेदवारी दर्तामा खटिएका कर्मचारीले राति ११ बजेसम्म सबै उम्मेदवारको दर्ता गरिसके पनि राति २ बजेसम्म पनि कम्प्युटर इन्ट्री गर्न नसकेको र अझै पनि सो काम भइरहेकाले बिहीबार मात्रै जिल्लामा कति उम्मेदवारी दर्ता भएकोबारे स्पष्ट हुने जानकारी दिए । 

महोत्तरीमा बुधबार निक्कै उल्लासपूर्ण वातावरणमा हजारौं उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ