arrow

एमालेमा फर्जी उमेद्वार काण्ड, चन्द्रपुरमा एमालेको भाँडभैलो

काँग्रेसबाट भने रामचन्द्र चौधरी बने उमेदवार

logo
अब्दुल मियाँ
प्रकाशित २०७४ भदौ २० मंगलबार
uml-chandrapur-bibad.jpg

रौतहट। स्थानिय तहको तेस्रो चरणको चुनावको लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन रौतहट नेकपा एमालेमा फर्जी उमेद्वारको चर्चासँगै गाईजात्रा देखापरेको छ। मनोनय दर्ताको अघिल्लो दिन दुई जना एमालेका मेयरका आकाँक्षीहरु आफूले मेयरको टिकट लिएर आएको दावी गर्दै कार्यकर्ताहरुलाई आफूले पार्टीबाट ल्याएको पत्र देखाउन व्यस्त रहे। आफूले ल्याएको आधिकारीक रहेको दावी गर्दा उनीहरुले एकले अर्को माथि भने फर्जी पत्र बनाएको दावी गरिरहे । 

एक अर्काका कटर प्रतिद्धन्दी रहेका एमालेका दुई आकाँक्षीहरु आफूले टिकट पाएको भन्दै कार्यकर्तामाझ खुसी साँटासाटमा व्यस्त रहेका थिए। उद्धव रेग्मी र बाबुराम दाहाल दुबैले आफूले टिकट पाएको र बुधवार मनोनयन गर्ने दावी गर्दै साथीभाईसँग चुनावी सरगर्मीका कुरामा व्यस्त रहेका छन्। दुवै आकाँक्षी निकट कार्यकर्ताहरु पनि दुवै नेताहरुलाई वधाई दिन भ्याइनभ्याई देखिन्थे । 

कतिपय भने दुबैलाई शुभकामना दिन ओहोरदोहोरमा देखिन्थे। तर उनीहरु मध्ये पार्टीको को आधिकारीक उमेद्वार हो भन्नेमा एमालेका कार्यकर्ताहरुमा अन्यौल देखिन्थ्यो। माधव नेपालको निर्वाचन क्षेत्र रहेको रौतहट उनको लागि प्रतिष्ठाको विषय छ। तर तराई मधेशको अधिकांश ठाउँमा केपी ओली निकटहरुले नै बढी उमेद्वार भएको अवस्थामा यहाँ पनि दुई पक्षको गुटगत लडाई हुने देखिन्छ। यहि गुटगत लडाइका कारण एउटै नगरपालिकामा एकै व्यक्तिले सहि गरेको पत्र लिएर एमालेका दुई नेता मैदानमा पुगेका छन्।

एमालेको २ नम्वर प्रदेश संगठन कमिटीका संयोजक सत्यनारायण मण्डलले सहि गरेको पत्र लिएर मेयरका आकाँक्षीहरु बाबुराम दाहाल र उद्धव रेग्मी कार्यकर्तामाझ पुगेका छन्। तर उनीहरुको त्यो पत्र मतदाताहरुका बीचमा भने ठट्टाको बिषय भएको छ। बुधवारसम्मका एमालेका मेयरका उमेद्वारका रुपमा उनीहरुको चर्चा मतदातामाझ भइरहँदा के एक आकाँक्षीले भने के गर्नाल भन्ने कौतुहलता पनि सर्वसाधारणलाई रहेको छ। 

बाबुराम दाहालले तस्विर सहित पत्रमा नाम लेखाएर लगेका छन् भने रेग्मीले तस्विर सहित मण्डलले हस्ताक्षर भएको पत्र लगेपनि त्यसमा आफ्नो नाम भने लेखाउन भ्याएका छैनन्। अहिले यि दुई पत्रको तस्विर चन्द्रपुरमा चर्चामा रहेको छ। 

एमालेका नेताहरुको सार्वजनिक भएको यो मनोनयनपत्रलाई काँग्रेसका केहि स्थानिय नेताहरु भने उनीहरुको स्टन्टको भएको बताउँछन्। उनीहरुको प्रचारको भद्धा तरिका यहाँ देखाउन खोजिएको हो अब यस्ता भद्धा प्रचारलाई जनताले बुझिसकेा छन् ति काँग्रेस नेताले बताए।

निर्वाचन आयोगलाई सम्वोधन गरिएको दुई पत्रमा एमालेका कुन आधिकारिक र कुन फर्जी हुन त्यो भने बुधवारको मनोनय पछि थाहा हुने नै छ। 

नेपाली काँग्रेसबाट भने चन्द्रपुरमा रामचन्द्र चौधरी मेयरका उमेदवार बनेका छन भने उपमेयरमा तुल्सा ठोकर कोइराला उमेद्वार बन्ने भएकी छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ