राजपाले ११४ स्थानीय तहमा उम्मेदवार टुङ्गो लगायो (नामावली सहित)
प्रकाशित २०७४ भदौ २० मंगलबार
589
Shares
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि २ नं प्रदेशमा राष्ट्रिय जनता पार्टीले आफ्ना उम्मेदवारहरुको नाम टुङ्ग्याएको छ । कूल ८ जिल्ला भित्रका स्थानीय तह मध्ये राजपाले कूल ११४ वटा स्थानीय तहको प्रमुखका उम्मेदवार छानिसकिएको राजपाले जनाएको छ । टुंगो नलागेका स्थानीय तहमा पनि मंगलबार रातीसम्म उम्मेदवारको टुंगो लगाउने राजपाले जनाएको छ ।
अहिले राजपाले विभिन्न जिल्लाका पाँच स्थानीय तहमा मात्रै उम्मेदवार टुंगोमा पुर्यनउन बाँकी रहेको छ । उम्मेदवार छनोट गर्न बाँकी रहेका स्थानीय तहहरुमा परोहा नगरपालिका, हरिवन नगरपालिका, हंसपुर नगरपालिका, कमला नगरपालिका, गणेशमान चारनाथ नगरपालिकाको प्रमुखको नाम छनोट भएको छैन ।