arrow

दुई उपमहानगरमा पार्टी बाहिरकालाई टिकट दिएपछि एमाले बारामा भाँडभैलो

उपमहानगरपालिकाका मेयर र उपमेयर सिफरिस नै नभएकाहरु

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
UML_bara.jpg

बारा । बारामा रहेको दुई नगरपालिकामा एमालेले उठाएको उम्मेदवारको विषयमा व्यापक असन्तुष्टि चुलिएको छ । जिल्लाको केही पकड रहेको क्षेत्र मानिने कलैया उपमहानगरपालिका र जीतपुर सिमारा नगरपालिकामा अहिले एमालेको माधवकुमार नेपाल पक्ष निकै असन्तुष्ट रहेको एमालेका एक नेताले जानकारी दिए । अहिले नेपाल पक्षीय नेता कार्यकर्ताहरु मेयरको चुनावी कार्यक्रममा समेत सहभागी हुन गएका छैनन् । 

एमालेले कलैया उपमहानगरपालिकामा विनोद शाहलाई उम्मेदवार बनाएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं ३ बाट काँग्रेस नेता फर्मुल्लाह मन्सुरसँग एक हजार मतले पराजीत भएका थिए । केपी ओली निकट उनी नगरबाट समेत मेयरको लागि सिफारिस नै नभएका व्यक्ति हुन् । उनलाई सिधै माथिबाट टिकट दिईएको भन्दै उनीविरुद्ध माधव नेपाल पक्षीय कार्यकर्ताहरु खुलेर नै विरोधमा उत्रिएका छन् । शाह अहिले जिल्ला उद्योग वाणिज्य संघ बाराको अध्यक्ष पनि छन् । 

त्यस्तै, कलैयाँ उपमहानगरपालिकाकै उपमेयर प्रतिमा यादवको उम्मेदवारीमा पनि विवाद बढेको छ । ब्राईटल्याण्ड बोर्डिङ स्कूलकी सञ्चालक समेत रहेकी यादव एमालेको पार्टीमा सक्रिय राजनीति नै नगर्ने व्यक्ति हुन् । उनको पनि नगरबाट नाम पठाईएको थिएन ।  

त्यस्तै, जीतपुर सिमारा उपमहानगरपालिकामा डा. कृष्ण पौडेललाई एमालेले टिकट दिएको छ । जिल्लामा सहकारी अभियान्ताको रुपमा नाम कहलिएका पौडेल नेपाल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य हुन् । उनीपनि पार्टीमा केपी ओली निकट मानिन्छन् । सोही उपमहानगरपालिकाको उपप्रमुखमा शिक्षिका समेत रहेकी सरस्वति चौधरीलाई एमालेले अघि सारेको छ । उनी अहिले पार्टीको जिल्ला कार्यसमिति सदस्य छिन् । 

यसरी पार्टीभन्दा बाहिरबाट ल्याएर उम्मेदवार ल्याएको भन्दै एमालेका नेपाल पक्षीय टोली एकदमै रुष्ट रहेको छ । ती सदस्यका अनुसार पार्टीमा क्रियाशील व्यक्तिको सम्मान हुन्दैन भने पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग गर्नुनै पर्छ भन्ने केही नरहेको स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ