अगस्तमा अमेरिकी बेरोजगार दरमा ४.४ प्रतिशतले वृद्धि
प्रकाशित २०७४ भदौ १७ शनिबार
391
Shares
वासिङ्टन। अमेरिकी रोजगार दरमा अघिल्लो महिनाको तुलनामा अगस्तमा ४.४ प्रतिशतले वृद्धि भएको छ। अगस्तमा मात्रै एक लाख ५६ हजार अमेरिकीले रोजगारीका थप अवसर पाएका तर यो अघिल्ला बर्षको तुलनामा सन्तोषजनक नभएको अर्थविद्हरूले बताएका छन्। अमेरिकी अर्थतन्त्रमा नौ बर्ष पहिले देखिएको आर्थिक मन्दीबाट क्रमश सुधार आएको पाइएपनि अपेक्षाकृत सुधार देखिएको छैन।
अमेरिकी श्रम विभागले बेरोजगार दर ४.४ प्रतिशत पुगेको छ। जुन र जुलाईमा बेरोजगारको सङ्ख्या घटेर ४१ हजारमा पुगेको थियो। अमेरिकी अर्थतन्त्रको सुधारसँगै गरेको योगदानले यसबर्ष औषतमा एक लाख ७६ हजार रोजगारका अवसर सिर्जना भएको बताइएको छ। रासस-एपी