काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षमा काशीप्रसाद अधिकारी ‘भास्कर’ले उम्मेदवारी दिएका छन् । ऐतिहासिक रुपमा निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न लागेको क्रान्तिकारीको बुधबारदेखि सुरु हुन लागिरहेको २१ औं राष्ट्रिय सम्मेलनको निर्वाचन प्रक्रियामा केन्द्रीय उपाध्यक्ष पदमा भास्करले उम्मेदवारी दिएका हुन् ।
३ वर्ष भन्दा बढी जनयुद्धमा होमिएका र जनयुद्धमा नै आफ्ना परिवार समेत गुमाउन पुगेका भास्कर कैलालीको सरस्वती मावि प्रतापपुरमा २०५८ सालदेखि पार्टीको सदस्यता लिएका हुन् । सोही मावीमा उच्च माध्यमिक शिक्षा पढाई हुन थालेपछि उनी सोही क्याम्पसमा अखिल क्रान्तिकारी क्याम्पस इकाईको अध्यक्ष समेत पनि बनेका थिए ।
भास्कर माओवादी शान्ति प्रक्रियामा आएपछि कैलाली क्षेत्र नै २ को इन्जार्ज समेत बनेका थिए । २०६४ सालमा कैलाली जिल्लाको जिल्ला सदस्य बनेका उनी पछि नेपालगञ्जमा आएर पढ्दाखेरी पनि क्रान्तिकारी राजनीतिमा सक्रिय नै रहे ।
अहिले उनी अनेरास्ववियु क्रान्तिकारीको ३ नं प्रदेशको सहसंयोजक, केन्द्रीय सचिवालय सदस्य समेत रहेका छन् । उनी २० औ राष्ट्रिय सम्मेलनमा टीके पथा हाबी भएकोले आफू कुनै पनि पदमा मनोनित नभएको तर, पछि केन्द्रीय आर्थिक विभागमा मनोनित भएको बताउँछन् ।