रिया आइएमईबाट ५ लाख प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा हस्तान्तरण
प्रकाशित २०७४ भदौ १३ मंगलबार
764
Shares
काठमाडौं । रिया आइएमईले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पाँच लाख रुपैंयाँ सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।अविरल बर्षाले नेपालको तराईका विभिन्न जिल्लामा पुर्याएको जनधनको क्षतिबाट प्रभावित परिवारको तत्काल राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मलेसियास्थित रिया आइएमईले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सो रकम सहयोग गरेको हो ।
सोमबार रिया आइएमईका प्रमुख कार्यकारी अधिकृत स्पेन क्रिस्टेनसेनले नेपाली दुतावास मलेसियाका राजदुत डा. निरन्जनमान सिंह बस्न्यातलाई मलेसियास्थित दुतावासमा भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन्।