arrow

मेयर राहत कोषमा ३१ लाख रुपैयाँ संकलन

logo
शरद रेग्मी,
प्रकाशित २०७४ भदौ ७ बुधबार
nager2.jpg

तुलसीपुर । बाढी पीडितहरुका लागि तुलसीपुर उपमहानगरपालिकामा स्थापना भएको मेयर राहत कोषमा राहत रकम थपिने क्रम जारी रहेको छ । बाढी पीडितहरुको सहयोगका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गर्ने क्रम जारी रहेको छ । 

आजसम्ममा राहत कोषमा ३१ लाख ३३ हजार रुपैयाँ संकलन गरेको नगरपालिकाले जनाएको छ । सो क्रममा बुधबार लायन्स क्लव अफ दाङले २१ हजार रुपैयाँ सहयोग गरेको छ । क्लवका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले मेयर पाण्डेलाई उक्त नगद रकम हस्तान्तरण गरेका छन् । 

त्यसैगरी, आजै तुलसीपुर नगर विकास समिति तथा समाजसेवी वामदेव शर्माले ५१–५१ हजार रुपैयाँ राहत कोषमा जम्मा गरेका छन् । नगर विकास समितिका अध्यक्ष यज्ञ बहादुर केसी र शर्माले मेयर पाण्डेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । त्यसैगरी सगरमाथा सिमेन्ट घोराहीले २ सय ५० प्याकेट चिउरा तथा दालमोठ समेत सहयोग गरेको छ । 

यता राहत कोषमा सहयोग गर्ने तथा कोष स्थापना गर्न भूमिका निर्वाह गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिहरुकाबीचमा छलफल समेत भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले बाटो, बिजुली, पानी, सिँचाई लगाएतमा ठुलो क्षति भएको भन्दै पुर्ननिमार्णका लागि उपमहानगरपालिकाले सरकारसँग पहल गर्नु पर्नेमा जोड दिएका थिए । 

उनीहरुले उपमहानगर पालिकाबाट मात्रै पुर्ननिमार्ण सम्भव नहुने भन्दै पहल गर्न पाण्डेलाई आग्रह गरेका हुन् । सो अवसरमा बोल्दै संयोजक पाण्डेले राहतको कार्यक्रमसँगै पुनस्र्थापना कार्यक्रमलाई पनि अगाडि बढाउनका लागि पहल गर्ने बताएका थिए । उनले राहतको पहिलो चरणको काम सकिएको र उपमहानगरले सुरक्षित आवासका लागि योजना निर्माण गर्न लागेको पनि बताए । 

सो अवसरमा पाण्डेले बाढि बाट भएको क्षेतिको पुर्न निमार्णका लागी करिव एक अर्व रुपैया लाग्ने अनुमान गरिएको भन्दै सहयोगका लागि सरकारसँग माग गरेको बताए । बाढी बाट उपमहानगरपालिका भित्र एक सय पचास घर पूर्ण रुपमा क्षति भएकोमा वडा नम्वर १३ मा सवै भन्दा बढी क्षति भएको जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ