१४ जिल्ला समन्वय समितिलाई मन्त्रालयको पत्र, ‘बेरुजूको विवरण नबुझाउने भए आफैँ जिम्मेवारी लिनूस्’
प्रकाशित २०७४ भदौ २ शुक्रबार
635
Shares
काठमाडौं । १४ जिल्लाका जिल्ला समन्वय समितिलाई संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले पत्र लेखेर विश्व बैंकको सहयोगमा सञ्चालन भएको सुनौला हजार दिनको बारेमा कागजपत्र दिन फेरि माग गरेको छ । यस अघि असार १८ गते पत्र पठाएर असार २५ गतेसम्ममा सो विषयमा जानकारी दिन आग्रह गरिएको भएपनि सो प्राप्त नभएकोले तत्काल सो विषयमा कागजातहरु दिन भनेको छ ।
शुक्रबार मन्त्रालयले पत्र लेखी खोटाङ, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, रामेछाप, सिराहा, धनुषा, सप्तरी, सुनसरी, उदयपुर र ओखलढुंगाका जिल्ला समन्वय समितिलाई पत्र लेखी सुनौला हजार दिनको महालेखा परीक्षकको बेरुजू फर्छ्यौट तथा शोध भर्ना कागजपत्र तत्काल लेखि पठाउन भनेको हो ।
यदी मन्त्रालयको पटकपटकको आग्रहलाई अटेरी गरी त्यसको विवरण पेश नगरिए सो बेरुजूको बारेमा सम्बन्धीत पदाधिकारी नै जिम्मेवार हुने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।