बिहीबारदेखि लागूहुने निर्वाचन आचार संहिताका कारण राहत वितरण प्रभावित नहुने
प्रकाशित २०७४ साउन ३२ बुधबार
529
Shares
काठमाडौं । निर्वाचन आयोगले बिहीबारदेखि लागू हुनेगरी सुरु गरेको आचार संहिताका कारण बाढी तथा पहिरो प्रभावितहरुलाई वितरण गरिने राहतको कार्यक्रम भने प्रभावित नहुने भएको छ । असोज २ गते २ नं प्रदेश भित्रका विभिन्न जिल्लाहरुमा हुन गईरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले यही साउन २९ गतेको बैठकले यस्तो निर्णय गरेको थियो ।
तर, आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले तर प्राकृतिक प्रकोप वा अन्य काबु बाहिरको परिस्थितिमा आयोग वा आयोगले तोकेको पदाधिकारीको अनुमति लिई कार्यक्रम गर्न सकिनेछ भन्ने प्रावधान रहेकोले यो प्राकृतिक विपत्तिबाट प्राभावित भएकाहरुलाई राहत वितरण गर्न कुनैपनि समस्या नरहेको स्पष्ट पारे ।
निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी तर्जुमा गरेको निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ देहायका व्यक्ति÷संस्था वा पदाधिकारीलाई देहायको मिति देखि लागू हुने निर्णय गरेको हो ।