प्रजातन्त्रवादी कानून व्यवसायी चुनावी माहोलमा, घोराहीमा उम्मेदवारी दर्ता
प्रकाशित २०७४ साउन २३ सोमबार
431
Shares
घोराही । यही साउन २८ गते हुने नेपाल बार एशोसीयसन दाङको निर्वाचनकालागि सोमवार प्रजातन्त्रवादी कानून व्यवसायी सघ (डिएलए)ले उमेदवारी दर्ता गराएको छ । डिएलएको तर्फवाट अध्यक्षमा प्रदिपकुमार गौतम, उपाध्यक्षमा ललितबहादुर केसी, सचिवमा किरणकुमार रेग्मी, कोषाध्यक्षमा किरण पौडेलले उमेदवारी दर्ता गराएका छन ।
त्यस्तै सदस्यहरुमा रश्मी पाण्डे धिताल, बद्र्रीरत्न पन्त, सन्जयकुमार केसी, बिनयकुमार मिश्र, नारायणप्रससाद रिजाल, बसन्तबहादुर केसी, चिन्तामणि धितालले उमेद्धावारी दर्ता गराएको नेपाल प्रजातन्त्रवादी कानून व्यवसायी एशोसीयसन दाङका अध्यक्ष निर्मल गौतमले जानकारी दिए ।
पार्षदमा चुनसन चौधरी, दिनेशचन्द पौडेल, धर्मराज ओली, डम्बर बुढाथोकी, अर्जुनकुमार अधिकारी, बलदेव पाण्डे, गिरबहादुर केसी रहेका छन् । उम्मेद्वारहरुलाई विजयी बनाउनकालागि निर्मल गौतम संयोजक रहेको प्रचारप्रसार समिति गठन गरेको छ । निर्मल गौतम संयोजका रहेको समितिमा भानुभक्त धिताल, घनश्याम थापा, विष्णुमणी धिताल, रेवतिरमण भट्टराई, सुदीप गौतम, कुमारराज श्रेष्ठ, देवीबहादुर डिसी, गोमा महरा, रेवबहादुर चौधरी, मोहनलाल वली रहेका छन् ।
यसैबीच संघका अध्यक्ष निर्मल गौतम र सचिव सन्तोष पोख्रेलले २८ गते हुने निर्वाचनमा नेपाल प्र्रजातन्त्रवादी एशोसीयसनका उम्मेदवारलाई मतदान गरि विजय गराउन अनुरोध गरेका छन् ।