[अपडेट] भरतपुर १९ को मतगणना सकियो, वडाध्यक्षमा काँग्रेसको प्यानल, मेयरमा रेणु दाहाल २२१ मतलेमात्र पछाडि
प्रकाशित २०७४ साउन २१ शनिबार
191
Shares
चितवन । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना सकिएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका कर्णबहादुर गुरुङ विजयी भएका छन् । काँग्रेसले गुरुङसहित प्यानल नै जितेको छ । त्यसैगरी मेयरकी उम्मेदवार माओवादी केन्द्र–काँग्रेस गठबन्धनकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसंग मतान्तर कम गर्दै लगेकी छिन् । वडा नम्बर १९ को मतगणना सकिंदा दाहाल २२१ मतलेमात्र पछाडि छिन् ।
उप मेयरमा नेपाली काँग्रेसकी पार्वती शाहले जित्ने निश्चित भइसकेको छ । एमालेकी दिव्या शर्मा निकै पछाडि छिन् ।
२९ वडामध्ये अब २० नम्बर वडाकोमात्र मतगणना गर्न बाँकी छ । दिउँसोदेखि वडा नम्बर २० को मतगणना हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।