निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएको थियो । ३३ औं मिनेटमा केइदि बारेले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाए ।
८३ औं मिनेटमा राबर्टो फर्मिनोले लिभरपुललाई पेनाल्टीमा गोल गर्दै बराबरी दिलाए ।
पेनाल्टीमा एथलेटिकोले ५–४ ले खेल जित्यो । हेन्डरसनले बाहेक सबैले पेनाल्टीमा गोल गरेका थिए ।
यता, बायर्न म्युनिखले दोस्रो खेलमा पनि पराजय भोगेको छ । बायर्न एसएससी नापोलीसंग २–० ले पराजित भएको हो ।