एमालेबाट भरतपुर महानगरको मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा पक्राउ
सामाजिक सञ्जालमा अश्लिलता फैलाएको आरोप
प्रकाशित २०७४ साउन १८ बुधबार
413
Shares
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलार्इ पक्राउ गरेको छ। बुधबार काठमाडौंको पुतलीसडकबाट ज्ञवालीलाई पक्राउ गरेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय चितवनमा परेको विद्युतीय अपराध सम्बन्धी निवेदनका आधारमा ज्ञवालीलार्इ पक्राउ गरेको कार्कीले जानकारी दिए । पक्राउ परेका ज्ञवालीलाई साइबर अपराध सम्बन्धी मुद्दा चलाइएने तयारी भइरहेको छ। उनी अहिले महाशाखाको नियन्त्रणमा छन्।