arrow

मोरङमा १२ हजार मतदाता थपिए

logo
प्रकाशित २०७४ साउन १५ आइतबार
Morang_District.png

उर्लाबारी । बिराटनगरमा १२ हजार ८ सय ९० जना नयाँ मतदाताले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका अनुसार शनिबारसम्म छ हजार २८९ महिला, छ हजार छ सय पुरुष र एक तेस्रो लिङ्गीको नाम थप भएको छ । 

स्थानीय तहको दोस्रो चरणको निर्वाचनलगत्तै निर्वाचन आयोगले सम्बन्धित निर्वाचन कार्यालय केन्द्रित गरेर फोटोसहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको थियो ।
 
यही साउन १ गतेदेखि विराटनगर महानगरपालिकासहितजहदा, कानेपोखरी, मिक्लाजुङ र धनपालथान गाउँपालिका तथा पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकामा मतदाता नामावली संकलन थालिएको छ । बाँकी स्थानीय तहमा भने सोमबारदेखि साउन मसान्तसम्म मतदाता नामावली संकलन गरिने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ