arrow

नुवाकोटमा ३ हजार ५ सय मतदाता थपिए

logo
प्रकाशित २०७४ साउन १३ शुक्रबार
nuwakot-district.png

नुवाकोट । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीका लागि पुनः आह्वान गरेपछि नुवाकोटका  तीन हजार ५०० भन्दा बढी मतदाता थपिएका छन् । 

 साउन १ गतेदेखि बिहीबारसम्म तीन हजार ५७७ जनाले फोटो खिँचाएका छन्, जसमा एक हजार ६०१ महिला र एक हजार ९७६ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

सदरमुकाम विदुरस्थित जिल्ला निर्वाचन कार्यालयमा मात्र फोटो खिँचाउन पाइने व्यवस्था गरिएको छ । जिल्लामा मतदाता नामावलीमा नाम समावेश गराउन योग्य भएका, छुटेका र सच्याउन पर्नेको भिड लागेको छ । 
जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीका अनुसार जिल्लामा १० हजार मतदाता थपिने अपेक्षा गरिएको छ । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा १ लाख ८५ हजार ७८२ मतदाता थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ