arrow

प्रविधी हस्तान्तरण आयत प्रतिस्थापनको उपयुक्त विकल्प : कृषि मन्त्री गजुरेल

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
krishi-mantri.JPG.jpeg
 
काठमाडौ । कृषि विकास मन्त्री हरिवोल गजुरेलले कृषिमा आयत प्रतिस्थापनका लागि प्रविधी हस्तान्तरण कार्यक्रमलाई प्रथमिकतामा राख्ने बताउनुभएको छ ।  नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को ललितपुरको जाउलाखेलमा भएको आठौ वार्षिक साधरण सभाको विहिवार उद्घाटन गर्दै मन्त्री गजुरेलले साना किसान र कृषिको वृहत्तर हित एंव आयत प्रतिस्थापनका लागि प्रविधी हस्तान्तरण कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्ने वताउनुभएको हो ।
 
केही वर्ष यता कृषि गर्ने किसानको संख्यामा वृद्धि भएपनि प्रविधी हस्तान्तरणमा विषेश ख्याल गर्न नसक्दा किसानहरुको स्तर माथी उठाउन नसकिएको भन्दै मन्त्री गजुरेलले विश्व वजारमा प्रयोगमा आाएका कृषिका प्रविधीहरुलाई जतिसक्खदो छिटो किसानमाझ पु¥याउने वताउनुभयो । सरकारले सम्भाव्यता हेरेर विभिन्न क्षेत्रलाई जतिसक्दो छिटो पकेट क्षेत्र घोषणा गरि विषेश कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । 
 
कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालले सहकारी संस्थाहरुको दिगो विकासका लागि सरकारी नीतिमा हेरफेर गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । वडालले साना किसानले उत्पदन गरेको कृषि तथा मासु जन्य पदार्थको वजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारले विषेश पहल गर्नुपर्नेमा जोड दिनुभयो ।  नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम वहादुर पाठकले सरकारले जिम्मेवारी दिने हो भने अवको १० वर्षमा देशलाई आत्मनिर्भर वनाउने दावी गर्नुभयो । साना किसानले सुरु गरेको मासुजन्य उत्पादनमा सहुलियत ऋण कार्यक्रमबाट मासु आयतमा ६० प्रतिशत भन्दा बढिले कमि आएको भन्दै पाठकले यदी सरकारले सहुलियतमा साना किसानलाई ऋण प्रवाह गर्ने हो भने अवको १० वर्ष भित्र नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर वनाउन सकिने वताउनुभयो ।
 
यस्तै कार्यक्रममा महोक्तरीको वानचौरीमा भैसी पालन गरिरहेका युवा कृषक श्यामकुमार साह, मकवानपुरको हाँडीखोलामा माछा पालन गरिरहनुभएकी रञ्जु वोमजन र सिन्धुपाल्चोकको भोटेचौरमा कि वी खेति गरिरहेका महेश चौलागाईलाई नगद सहित सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो । यस संघको सञ्जाल भित्र ६८ जिल्लाका जम्मा ७१५ सदस्य संघ-संस्थाहरुबाट १०१५ गाविसमा सेवा दिन सकेका छौ । सदस्य संघ संस्थाहरुले ६ लाख ४५ हजार घरधुरीलाई समुहमा आवद्धगरी प्रत्यक्ष रुपमा व्यवसाय सञ्चालन गर्न सहयोग पु¥याइएको छ । सो सहयोगबाट सदस्य परिवारका ४५ लाख जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । 
 
सदस्य संस्थाहरुको कुल आन्तरिक पूँजी २० अर्व छ भने सदस्य संस्थाले आफ्नो  सदस्यलाई लगानी गरेका लघु कर्जा २८ अर्व भन्दा बढि रहेको छ । जसमा महिला सहभागिता ७० प्रतिशत रहेको छ ।संघमा अवद्ध सदस्य संस्थाहरुले अति पिछडीएका वर्गहरु राउटे, वनकरीया, मुसहर, चमार, दनुवार, डोम, चेपाङ, कुसुले, गाईने र मेचे जस्ता समुदायलाई सहकारी भित्र समेटि उनिहरुलाई स्वावलम्वन हुन अग्रसर गराउनुका साथै रोजगारी दिन सफल भएका छन् । 
 
सदस्यहरूबाट साना तथा मझौला करिव १० हजार साना किसान कृषि फार्महरू संचालन भइरहेको पाइएको छ । जसअनुसार १० वटा भन्दा बढी बंगुर पाल्ने साना किसानहरूको संख्या ३ हजार ६ सय ३३ भन्दा बढी रहेको छ । यस्तै गरी १० वटा भन्दा बढी बाख्रा पाल्ने किसानहरूको संख्या ३३ हजार ५ सय छ भने १९ हजार ८ सय ३६ किसानहरूले १० कठ्ठा भन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन् । साना किसानहरूले विभिन्न क्षेत्रमा आफूलाई व्यावसायिक बनाउँदै अगाडि बढ्ने क्रम जारी छ । यसै अनुरुप १० कठ्ठा भन्दा बढी क्षेत्रफलमा पोखरी निर्माण गरी माछा पालन गर्ने किसानको संख्या ४ हजार १ सय २४ रहेको छ । यस्तै १० वटा भन्दा बढी गाई पालन गर्ने सदस्यहरूको संख्या १३ हजार ५ सय १८ रहेको छ । यसै गरी १ हजार ७ सय ३४ किसानहरूले ५ वटा भन्दा वढी भैंसी पालन गरिरहेका छन् । १५ सय भन्दा बढी किसानहरू व्यावसायिक मौरी पालनमा संलग्न रहेको पाइएको छ । साना किसानहरूकै पहलमा सहकारी उद्योग ६ वटा र सहकारी खेती २ वटा संचालनमा आइसकेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ