सितगंगा नगरपालिकाका मेयर भन्छनन् : राजनीतिक द्वन्द्व अन्त्य गर्छु
प्रकाशित २०७४ साउन १ आइतबार
543
Shares
सन्धिखर्क। अर्खाखाँचीको सितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले राजनीतिक द्वन्द्व अन्त्य गर्ने र सबै वडाहरुमा मोटबाटो पुर्याउने आफ्नो मुख्य प्राथमिकतामा पारेको बताएका छन्। रिपोर्टर्स क्लब नेपाल अर्घाखाँची शाखाले गरेको साक्षात्कारमा अधिकारीले भने, नगरबासी धेरै गरिब भएकाले गरिव जनताको मुख हेरेर योजना बनाउँछु।
हरियाली सुन्दर नगरपालीका बनाउने योजना पनि उनले सुनाए। उनले नगरपालिकामा अब राजनीतिक द्वन्द्व नआउने दाबी गरे। अधिकारीले भने, ‘सितगंगाबासीप्रति जिम्मेवारीवोध गर्दै जनप्रतिनिधि भइसकेपछि अब नगरपालिकामा राजनीतिक द्वन्द्व नआउने बनाउँछु।’ सरकारी विद्यालयमा अंग्रेजीबाट अध्यापन गराउन पहल गर्ने, जाँडरक्सीको उत्पादन तथा सेवन रोक्ने दावी उनले गरे।