arrow

अन्तरदेशीय पर्वतीय पर्यटनको नयाँ अवधारणा

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
पर्वतीय-पर्यटन.jpg.jpeg
काठमाडौं। भूकम्प र नाकाबन्दीका कारण थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि अन्तरदेशीय पर्वतीय पर्यटनको नयाँ अवधारणा ल्याइएको छ । पर्यटन क्षेत्रका विज्ञहरु सम्मिलित नेसनल टुरिजम फाउन्डेसनले सङ्क्रमणको चेपुवामा परेको पर्यटनलाई गति दिन ‘क्रस बोर्डर टुरिजम इन दि हिमालयन रिजन’ नामक अवधारणा ल्याएको हो । 
 
नेपाल–ल्हासा (चीन)देखि भुटान–सिक्किम (भारत)सम्मको हिमाली क्षेत्रमा ती देशका पर्यटकलाई भ्रमण गराई स्थानीय अर्थतन्त्रको बढावा दिनेलगायतका कार्यक्रम सो अवधारणामा समावेस छन् । सो अवधारणाले स्थानीय जनताको जीवनस्तर उकास्नुका साथै सम्बन्धित देशको आपसी सम्बन्ध र सद्भावलाई थप उचाइमा पुयाउन सहयोग पुग्ने विज्ञको विश्वास छ । 
 
उक्त अवधारणा कार्यान्वयनका लागि राय सुझाव लिन फाउन्डेसनले आज सरोकारवाला विज्ञबीच अन्तरक्रिया गरेको हो। कार्यक्रममा सिक्किम टुरिजम डेभलपमेन्ट कर्पोरेसनका अध्यक्ष अन्तर्राष्ट्रिय अल्ट्रा धावक, सिक्किमका सगरमाथा आरोहीको पनि सहभागिता थियो । त्यसोत, धार्मिक पर्यटन प्रवद्र्धनका लागि यसअघि नेपाल र भारतबीच बुद्धिष्ट सर्किटको अवधारणा ल्याइएको थियो । त्यसैगरी अहिले हिन्दू सर्किटको अवधारणा पनि अघि सारिएको छ । 
अर्को महत्वपूर्ण अन्तरदेशीय ग्रेट हिमालय ट्रेलको अवधारणा पनि लागू गरिएको थियो । पछिल्लो समय अन्तरदेशीय पर्वतीय पर्यटनको नयाँ अवधारणाले नेपालको पर्यटन मात्र नभई अन्तरदेशीय सम्बन्धलाई विस्तार गर्नसमेत महत्वपूर्ण टेवा पुग्ने कार्यक्रमका वक्ताको भनाइ छ । 
 
पर्यटन विभागका महानिर्देशक गोविन्दबहादुर कार्कीले अन्तरदेशीय पर्वतीय पर्यटनको अवधारणाले पर्यटन प्रवद्र्धन मात्र नभई ती देशबीच जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । पूर्व मुख्यसचिव लिलामणि पौडेलले
अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि पर्वतीय पर्यटनको अवधारणा उपयोगी रहेको र यसलाई नीतिगत ढङ्गले सम्बोधन गरी व्यावहारिक कार्यान्वयनमा ल्याइनुपर्नेमा जोड दिए।फाउन्डेसनका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र पर्यटन व्यवसायी विक्रम पाण्डेले अहिलेको पर्यटनलाई थप गति दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनलाई प्रवद्र्धन गर्न नयाँ अवधारणा सान्दर्भिक हुने बताए ।
 
सिक्किम टुरिजम डेभलपमेन्ट कर्पोरेसनका अध्यक्ष रुपनारायण राईले पर्यटन उद्योगलाई चार देशसँग जोडेर प्रवद्र्धन गर्ने योजना राम्रो अवसर भएको धारणा राखेका थिए ।अन्तर्राष्ट्रिय अल्ट्रा धावक रोश्नी राई, सगरमाथा आरोही कुञ्जन ज्ञासो भुटिनलगायतले पर्वतीय पर्यटनको सम्भावनाबारे चर्चा गर्नुभएको थियो । सो अवसरमा फाउन्डेसनले पर्यटन प्रवद्र्धनमा योगदान पुयाएको भन्दै पूर्व मुख्यसचिव लिलामणि पौडेल, पूर्व पर्यटन सचिव दीपेन्द्र पुरुष ढकाललगायतलाई प्रसंशापत्रद्वारा सम्मान गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ