मोरङका १० तहमा काँग्रेस, ५ मा एमाले र ३ मा अन्य विजयी
प्रकाशित २०७४ असार २५ आइतबार
147
Shares
विराटनगर। एक महानगरपालिकासहित मोरङका १७ स्थानीय तहमध्ये १० मा नेपाली काँग्रेस र ५ मा नेकपा(एमाले) ले जित हात पारेका छन् ।
मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका पर्छन् । प्रदेश नं १ को एक मात्र महानगरपालिकामा प्रमुख र उपप्रमुखमा काँग्रेसका भीम पराजुली र इन्दिरा कार्की विजयी भएका छन् ।
आठ नगरपालिकामध्ये ५ नगरपालिकाका प्रमुखमा काँग्रेस विजयी भएको छ । सुनवर्षी नगरपालिका प्रमुख र उपप्रमुखमा तथा रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरैचा नगरपालिका प्रमुखमा काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले जित हात पारेका छन् ।
सोबाहेक पथरी– शनिश्चरे र बेलवारी नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले तथा रङ्गेली नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् ।
जिल्लाका आठ गाउँपालिकामध्ये कटहरी र केराबारीका अध्यक्षमा काँग्रेस, मिक्लाजुङ, कानेपोखरी र ग्रामथानमा एमाले, बूढीगङ्गामा नेपाल लोकतान्त्रिक फोरम र जहदा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भए । रासस