arrow

झापाको मेचीनगर नगरपालिका प्रमुखमा काँग्रेस विजयी, उपप्रमुखमा १७ मतले चुक्यो

logo
प्रकाशित २०७४ असार २४ शनिबार
Jhapa_District.png

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका विमल आचार्य विजयी भएका छन् । 

आचार्यले २० हजार ७७६ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णु प्रसार्इँले १९ हजार ४२२ मत प्राप्त गरे । 

उपप्रमुखमा भने एमालेकी मीना पोखरेल उप्रेती विजयी भएकी छिन् । उप्रेतीले निकतटम प्रतिद्वन्द्वी काङ्ग्रेसकी दुर्गा खतिवडालाई १७ मतले पराजित गरेकी हुन् ।  

उप्रेतीले १९ हजार ९४ मत ल्याउँदा खतिवडाको १९ हजार ७७ मत रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ