-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बिराटनगर । सुरुआती मतगणनामा नेकपा एमाले अगाडि रहेको मोरङको धनपालथान गाउँपालिका अन्ततः नेपाली काँग्रेसको कब्जामा गएको छ ।
पूर्वजिविस सभापति हरिलाल सिंहले पकड आफ्नो पक्षमा पार्दै गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेका हुन् ।
सिंहले ५१८७ मत ल्याउँदा एमालेका उम्मेदवार मुसहरु मण्डलले ४८५३ मत ल्याए ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै नसिमा बानोले जितेकी छिन् । ४६३५ मतका साथ बानो विजयी भएकी हुन् ।
नसिमाकी प्रत्यासी एमालेकी उपासी राजवंशीले ४४२१ मत पाइन् ।