जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा घिमिरेले उम्मेदवारी दिने
भरत प्रधान,
प्रकाशित २०७४ असार २३ शुक्रबार
612
Shares
लिस्बन (पोर्चुगल)। नेपाली काँग्रेसको प्रवासी भातृ सँगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौं अधिबेशन नजिकिए सँगै चुनावी चर्चा सुरु भएको छ । चुनावी चर्चाकाबीच समितिका महामन्त्री बिनोद घिमिरेले आगामी कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिने भएका छन् ।
यही जुलाई २३ तारिखका दिन लिस्बनमा हुन गईरहेको समितिको पाँचौ अधिबेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने घिमिरेले बताएका हुन् । एक कार्यकाल कार्यसमिति सदस्य र पछिल्लो दुई कार्यकाल महामन्त्रीका रुपमा समितिको नेतृत्व तहमा रहेर काम गरेका घिमिरेले आफूलाई सभापति पदको बलियो उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् । समितिको नेतृत्व गर्ने पालो सरासर आफ्नै भएका कारण सभापतिको आँकाक्षी भएको घिमिरेको भनाई छ । उनले सँगठनका लागि आफूले गरेको काम, योगदान र निरन्तरको सकृय क्रियाशीलतालाई मूल आधार बनाएर सभापति पदको दाबेदारी प्रस्तुत गरेका छन् ।
“सँगठनको स्थापनाकाल देखि नै म हरेक गतिबिधीमा सकृय भएर लागि परेका छु ।’ घिमिरेले भने,’– मैले उम्मेदवारी दिने निश्चित हो ।’, उल्लेख्य साथीहरुले मलाई सर्मथन गर्नुभएको छ । अब अझै शसक्त भएर लाग्ने प्रतिबद्धताका साथ समितिको नेतृत्वमा आउन चाहेको हुँ ।” आफूलाई शसक्त उम्मेदवारका रुपमा प्रस्तुत गरेका घिमिरेले सहमतीमा नेतृत्व चयन भए आफूलाईपनि स्वीकार्य भएको प्रतिक्रिया दिए । तथापी सहमती सर्बस्वीकार्य हुनुपर्नेमा उनको जोड छ ।
घिमिरेका अनुसार पोर्चुगलमा रहेका नेपाली काँग्रेससँग आस्थावान् सबैलाई सँगठीत गर्ने, यहाँ क्रियाशील सबै सँघसँस्थासँग सहकार्य र समन्वय गर्ने, नेपालीहरुका समस्या समाधानका लागि सँगठनात्मक ढँगबाट पहल गर्ने लगायतका योजनाका साथ अघि बढेका छन् । बिद्यार्थी जीबन देखि नै नेपाली काँग्रेसको राजनितीमा सकृय भएका घिमिरे नेपाल बिद्यार्थी संघ अर्घाखाँचीका पूर्व जिल्ला सदस्य समेत हुन् ।अधिबेशनले आगामी २ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।