कञ्चनपुरको भीमदत्तमा कांग्रेसलाई उछिन्दै एमाले लाग्यो अगाडि
प्रकाशित २०७४ असार २३ शुक्रबार
376
Shares
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसलाई उछिन्दै नेकपा एमाले अगाडि गएको छ ।
अहिलेसम्मको गणनामा अगाडि रहेका कांग्रेसका मेयर पदका उम्मेदवार पदम बोगटीलाई २९ मतले पछाडि पार्दै एमाले उम्मेदवार सुरेन्द्र बिष्ट अगाडि गएका हुन् ।
उनले बिहीबार रातिबाट अग्रता लिएका हुन् । भीमदत्त नगरपालिकामा अहिलेसम्म गणना भएका मतबाट एमालेका बिष्टले ११,३३५ मत पाएका छन् ।
उनलाई काँग्रेसका बोगटीले ११,३०६ मतले पच्छ्याइरहेका छन् । नेकपा माओवादी केन्द्रका गोपाल रसायलीले ४,३५३ र राप्रपाका गजेन्द्र चन्दले ४,२०५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने नेपाली काँग्रेसले अग्रता लिाएको छ । काँग्रेसकी शुसिला चन्द सिंहले ११,७६४ मत ल्याएकी छिन् भने एमालेकी उम्मेदवार माया पन्तले १०,६३६ मत ल्याइन् । तेस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी नारुदेवी सिंहको ४,४३४ मत छ ।