arrow

७ जिल्लामा मतगणना जारी, कुन् कुन् हुन् जिल्ला ?  

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । यही असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तह निर्वाचनकोे बिहीबार बिहान ९ः०० बजेसम्म ३१६ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार, हाल ७ जिल्लाका १८ स्थानीय तहको मतगणना कार्य जारी रहेको आयोगले जनाएको छ ।

हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना कार्य सम्पन्न भएका जिल्लामा प्रदेश नम्बर १ मा इलाम, ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु छन् । यसैगरी, प्रदेश नम्बर ५ मा अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी, पाल्पा, दाङ, प्यूठान, बर्दिया, बाँके, रोल्पा, रुकुम छन् भने प्रदेश नम्बर ७ मा अछाम, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको जानकारी प्राप्त भएको छ । मत गणना जारी रहेका ७ जिल्लामा प्रदेश नम्बर १ मा उदयपुर, झापा, मोरङ, सुनसरी, प्रदेश नम्बर ५ मा कपिलवस्तु र प्रदेश नम्बर ७ मा कञ्चनपुर तथा कैलाली बाँकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ