arrow

बाँकेका मतदाताको जनादेश : 'दलहरु मिलेर अघि बढ'

logo
प्रकाशित २०७४ असार २१ बुधबार

नेपालगन्ज । स्थानीय तहको निर्वाचनमा बाँके जिल्लाका मतदाताले राजनीतिक दललाई मिलेर काम गर्नुपर्ने सन्देश दिएका छन् । दोस्रो चरणअन्तर्गत यही असार १४ गते भएको निर्वाचनको परिणामले मतदाताले कुनै एक दललाई बहुमत नदिनुलाई त्यही सन्देशका रुपमा हेरिनुपर्ने राजनीतिक विश्लेषक डा जनार्दन आचार्यको तर्क छ । 

एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकाका लागि भएको निर्वाचनमा कुनै पनि निकायमा एउटै दलको बहुमत नआउनुलाई यहाँ त्यसरी अथ्र्याइएको छ । 

नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा राप्रपाका डा धवलशम्शेर राणा, उपप्रमुखमा नेपाली काँग्रेसकी उमा थापामगर, कोहलपुर नगरपालिका प्रमुखमा नेकपा (एमाले) का लुटबहादुर रावत र उपप्रमुखमा नेपाली काँगे्रसकी सन्जु चौधरी विजयी भएको यो नतिजाले अब जनप्रतिनिधिले पनि जनताको भावनालाई कदर गर्दै विकास र समृद्धिको दिशामा काम गर्नेछन् भन्ने विश्वाससमेत लिइएको छ । 

नगरपालिका मात्र होइन, यहाँका खजुरा, बैजनाथ र जानकी गाउँपालिकाको प्रमुखमा नेकपा (एमाले), राप्ती–सोनारी र डुडुवा गाउँपालिका प्रमुखमा नेपाली काँग्रेस तथा नरैनापुर गाउँपालिका प्रमुखमा सङ्घीय समाजवादी फोरमका उम्मेदवारलाई जनताले जिताएका छन् । यहाँका जनप्रतिनिधिलाई अगाडिको बाटो त्यति सहज छैन तर जनताको भावना, पदभार ग्रहण गर्नुपूर्व खाएको शपथलाई साक्षी राखेर काम गर्ने हो भने जिल्लाको मुहार फेर्न असम्भव पनि हुँदैन । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ