मोरङ । मोरङको जहदा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । दुई प्रमुख पदसहित जहदाको पाँच वटा वडा अध्यक्षको सिङ्गो प्यानल फोरम नेपालका प्रत्यासीले जितेका हुन् ।
निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जितेन्द्र कुमार साहलाई भारी अन्तरले पराजित गर्दै जहदा गाउँपालिकाको प्रमुखमा वुधबार दिउँसो फोरम नेपालका कैलाश मण्डल र उप्रमुखमा सालोदेवी साह विजयी भए । विजयी मण्डलले पाँच हजार आठ मत र उपप्रमुखमा साहले ४३ सय ९६ मत ल्याए । काँग्रेसका निकटतम प्रतिद्वन्द्वी जितेन्द्र साहले ३६ सय ५९ मत ल्याएर मण्डललाई पछ्याएका थिए ।
जहदाको १ नम्बर वडाको अध्यक्षमा प्रदिपचन्द्र यादव, ३ नम्बर वडाको अध्यक्षमा अनिल कुमार ठाकुर, ४ नम्बर वडाको अध्यक्षमा जयनाथ गिरी, ५ नम्बर वडाको अध्यक्षमा जगदिश प्रसाद सिंह (नुनिया) र ७ नम्बर वडाको अध्यक्षमा भगवान बेसरा (सन्थाल)को पूरै प्यालन विजयी भएको छ ।
मोरङको जहदा गाउँपालिकामा विजयी भएसँगै संघीय समाजवादी फोरम नेपालले तीन वटा प्रदेशमा कुल ७ वटा गाउँपालिकामा विजय हासिल गरेको छ ।